शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो- नेपलिज विजनेश एसोसियन (एनविए) ले आज सांझ ग्लोवल बैंकका अध्यक्ष तथा सफल व्यवसायी चन्द्रप्रसाद ढकालको स्वागतमा भेटघाट तथा स्वागत सहित डिनर कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रम आज रोप्पोङ्गी स्थित बुखारा रेष्टुरेन्टमा साँझ ६:३० बजेबाट सुरु हुने बताइएको छ । नेपालमा लगानीका अवसर तथा चुनौती लगायतका बिषयमा व्यवसायीहरुबीच छलफ़ल तथा बिचार बिमर्श गरिने  उद्देश्यले कार्यक्रमको आयोजना गरिएको एनविए जापानका महासचिव चिरञ्जीवी थापाले जानाकारी दिनुभयो । सम्पूर्ण व्यवसायी लगायत ईच्छुक महानुभावहरुलाई कार्यक्रममा उपस्थित भइदिनका लागि आयोजकहरुद्वारा  हार्दिक अनुरोध गरिएको छ ।

सफल व्यवसायी तथा एनआरएन आइसीसीका कोषाध्यक्ष भवन भट्ट एनविएका अध्यक्ष हुनुहुन्छ ।

कार्यक्रमवारे जानाकारी
मितिः २०१२-०४-२४ मगंलवार
समयं सांझ ६:३० बजे
स्थानः बुखारा रेष्टुरेन्ट
ठेगाना: मिनातोकु आजावुदाई ३-४-१४
टेलिफोनः ०३-३५८३-०५७७

 

तपाईको प्रतिक्रिया