शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो- बुधबार टोकियोमा भारी मात्रामा हिमपात भएको छ । गत आइतवारदेखि अचानक चिसोको मात्रा बढ्दै गई बुधबार बिहानैदेखि नै हिऊं पर्न थालेको हो । टोकियोको धेरैजसो भागमा हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ । राजधानी टोकियोलाई जोड्ने द्रुतमार्गका थुप्रै रेलसेवा लगायत सामान्य यातायातका सार्बजनिक सेवाहरु सबै चल्न सकेका छैनन् ।

सँधैजसो अति ब्यस्त रहने इकेबुकुरो, सिन्जुकु, सिबुया, उएनोजस्ता रेलस्टेशनहरु आज बिहानैदेखि चहलपहल अत्यन्त कम बन्न पुगेको छ । राजमार्गलगायत मुख्य सडकहरुमा गुड्ने सवारीसाधनहरु क्रमशः पातलिदैं गईरहेका छन् । हिमपातका कारण उता नारिता र हानेडा अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिक तथा बाह्य उडान पनि प्रभावित भएको थाहा भएको छ । ***

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया