शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो –  ओसाकामा नेपाली नागरिक बिष्णुप्रसाद धमलाको हत्यामा संलग्न रहेको भनिएको बांकि दुईजना हत्यारालाई पनि आज सांझ प्रहरीले घटनास्थल बाट ५ सय  किमि टाढा रहेको राजधानी टोकियोको तोसिमा-कुको सडकमा पक्राउ गरेको छ ।

प्रहरीकाअनुसार पक्राउमा परेका इएइ हिरोमासा २१ बर्षको पुरुष र उसको प्रेमिका चुकामोतो जुनको २१ बर्षकी हुन। आज पक्राउ परेकाहरुलाइ ओसाकामा लगि घटनाको छानविन गरिने बुझिएको छ। यस अघि २ जनालाई प्रहरीले घट्नास्थलमा नै समातेको थियो। ***

तपाईको प्रतिक्रिया