शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
जापान- जापानले ४० वर्षका लागि मात्रै सञ्चालन गर्ने गरी खालिएको आणविक केन्द्र ६० वर्षसम्म सञ्चालन गर्न पाउने नयाँ नीति सार्वजनिक गर्न तयार गिरेकेा छ ।
सरकारको यो योजना अनुसार आणविक संयन्त्र सञ्चालकले आफ्ना संयन्त्र थप २० वर्ष अतिरिक्त समयसम्म चलाउन पाउने छन् । यी आणविक केन्द्रले आणविक सुरक्षाका कडा प्रावधान राख्नु पर्नेछ ।
मार्च २०११ मा शक्तिशाली भुकम्प तथा सुनामीका कारण फुकुसिमा दाइइची आणविक केन्द्र क्षति पुगेपछि जापानले आणविक सुरक्षाका लागि कडा नियम बनाएको छ ।
जापानको मन्न्त्रिपरिषद्ले जनवरी अन्त्यसम्म यो योजना पारित गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया