शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा नेपाली लोकतान्त्रिक मञ्च (NDF) जापानले एक बिज्ञप्तीमार्फत स्वदेश तथा बिदेशमा रहेका समस्त नेपालीहरुमा सुख, समृद्धि, सुस्वास्थ्यको कामना गर्दै हार्दिक शुभकामना ब्यक्त गरेको छ ।

मञ्चको तर्फबाट अध्यक्ष सिर्जना काफ्लेद्वारा जारी गरिएको समुद्रपारि डट कमलाई प्राप्त बिज्ञप्तीमा, मुलुकमा ब्याप्त राजनैतिक अस्थिरतालाई सुधार गर्दै देशलाई आर्थिक समृद्धितर्फ लैजान राजनैतिक दलहरुको भूमिका थप सकारात्मक बन्न सकोस् भन्ने शुभकामना ब्यक्त गरिएको छ ।

बिज्ञप्तीमा अगाडि भनिएको छ – नेपालीहरुको महान पर्ब बिजया दशमीको उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा  दिदीबहिनीहरुमा एनडिएफ जापान हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छ । मुलुकको अस्थिर राजनैतिक स्थितिमा सुधार गरी  नेपालको सामाजिक, आर्थिक तथा साँस्कृतिक  रुपान्तारण गर्नका लागि  सबै राजनैतिक पार्टीहरुको भूमिका थप सकारात्मक बन्न सकोस । हाल नेपाली जनतामा ब्याप्त निराशालाई आशामा बदल्न यो बडा दशैं सफल होस् र बिदेशी भूमिमा परिवार, आफन्तजन, जन्मभूमिबाट टाढा रही आफ्नो कर्ममा जुट्दै मुलुकको आर्थिक बिकासको मेरुडण्डकोरुपमा रहेको रेमिटेन्स मार्फत नेपालको बिकासमा टेवा पुराउनुहुने विश्वभरी छरिएर रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु तथा नेपाली समुदायप्रति बिजया दशमीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहान्छौं -बिज्ञप्तीमा उल्लेख छ |***

तपाईको प्रतिक्रिया