मंगलबार, मंसिर ०४, २०७०
सर्लाही- सर्लाही जिल्लाको निर्वाचन क्षेत्र न. ६ धनकौल (पश्चिम) को वडा न. ८ र ९ को मतदान केन्द्रमा गोली चलेको छ ।
त्यहाँ २ जनालाई गोली लागी घाइते भएको प्रजिअ दिनेश घिमिरेले बताए ।
...
मंगलबार, मंसिर ०४, २०७०
जुम्ला- जुम्लाको झारज्वाला मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।
नेकपा-माओवादीका कार्यकताद्धारा मतपेटिका खोसेर तीला नदीमा बगाइदिएका छन् ।
मंगलबार, मंसिर ०४, २०७०
रौतहटको निर्वाचन क्षेत्र न.६ को प्रावि कोटियाही मतदान केन्द्रमा एमाओवादी र एमालेबीच झडप भएको छ ।
त्यहाँ स्थिति नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड हवाई फायर गरेको छ ।
मंगलबार, मंसिर ०४, २०७०
धनकुटा-त्रिवेणी उच्च मावि केन्द्रबाट दुइ क्रियापुत्रीले संविधानसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् ।
धनकुटा नगरपालिका ७ मा रहेको उक्त केन्द्रबाट आज बिहान क्रियापुत्रीमा रहेका वडा...
मंगलबार, मंसिर ०४, २०७०
राजविराज- सप्तरी प्रहरीले चुनाव बहिष्कार आन्दोलनमा लागेका नेकपा-माओवादीका सप्तरी इन्चार्ज देवनाथ यादवलाई गएराती जिल्लाको प्रसवनी गाविसबाट नियन्त्रणमा लिएको छ ।
यसअघि नै जिल्ला सेक...
मंगलबार, मंसिर ०४, २०७०
गोरखामा एकीकृत नेकपा माओवादीका कार्यकर्ताले अन्य पार्टीका कार्यकर्तालाई भोट हाल्न दिएका छैनन् ।
गोरखाको नामजुङ जनशक्ति मावि, हर्मीको महेन्द्रलिला उच्च मावि, ग्याल्चोकको पातलदेवी न...
मंगलबार, मंसिर ०४, २०७०
जनकपुर नगरपालिकास्थित भन्सार कार्यालय र नेपाल बैंक लिमिटेड बीचको गल्लीमा शंकास्पद बस्तु फेला भएको छ ।
मोरङ क्षेत्र नं.- २ को पथरीस्थित पथरी बहुमुखी क्याम्पस मतदान केन्द्र नजिकै शं...
मंगलबार, मंसिर ०४, २०७०
रोल्पा जिल्लाको क्षेत्र नं २ थबाङमा अहिलेसम्म मतदाताहरु मतदान गर्न गएनन् । नेकपा- माओबादीको पकड रहेको मानिने उक्त क्षेत्रमा १८७८ मतदाता रहेका छन ।
मंगलबार, मंसिर ०४, २०७०
दोलखा- दोलखाको ठूलोपातल मतदान केन्द्रमा भएको झडपमा एमालेका पूर्व सभासद शान्ति पाख्रिन घाइते भएकी छन् ।
उनलाई खुकुरी प्रहार भएको छ । खकुरी प्रहार गर्ने ५ जनालाई सेनाले नियन्त्रणमा ...
मंगलबार, मंसिर ०४, २०७०
धनुषाको सपही 'ख' बुथमा तमलोपा र कांग्रेसबीच झडप भएको
झडपमा एक कांग्रेस कार्यकर्ता घाइते भएका छन्।
मंगलबार, मंसिर ०४, २०७०
एमाओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र नं ३ मा मतदान गर्नुभएको छ । उक्त क्षेत्रमा एमाओबादीका नारायण दाहाल, नेपाली काँग्रेसका भीमबहादुर श्रेष्ठ, नेकपा एमालेका कृष...
मंगलबार, मंसिर ०४, २०७०
सर्लाही क्षेत्र नं. ६ बलरा-५ मदरसा बुथमा तराई मधेस लोकतान्त्रिक पार्टीका कार्यकर्ताले तोडफोड गरेका छन्।
तोडफोडमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार, मंसिर ०४, २०७०
रौतहट- रौतहट ३ नं क्षेत्र मा फोरम नेपाल र एमाओवादीबीच झडप भएको छ ।
कोठीयाही मतदान केन्द्रमा दुई पार्टीबीच बुथ कब्जा गर्ने क्रममा झडप भएको हो ।
प्रहरीद्धारा ३ राउण्ड हवाई फायरसमेत...
मंगलबार, मंसिर ०४, २०७०
टोकियो- विदेशमा रहेका नेपालीहरूले यतिवेला विदेशबाट मतदान गर्न नपाए पनि देशमा भएको संविधान सभाको चुनावको वारेमा निकै उत्सुकताका साथमा हेरिरहेका छन् ।
यसैगरी जापानको टोकियोमा रहेक...
मंगलबार, मंसिर ०४, २०७०
डोल्पा जिल्लाको लाहा गाबिसमा मतदान सम्पन्न ।
मंगलबार, मंसिर ०४, २०७०
काठमाडौं-काठमाडौंको भोटेबहालमा बम पड्कियो, स्थानीय मदन खड्गीको ५ वर्षीय छोरा गम्भीर घाइते भएका छन् । बमले बालकको एउटा हात नै चुँडाइदिएको समाचार छ ।
मंगलबार, मंसिर ०४, २०७०
पर्सा क्षेत्र २ नं मा मतदान गरेर फर्किदैं गर्दा ७० वर्षीय गौरीशंकर मानन्धरको लडेर मृत्यु भएको छ ।
मंगलबार, मंसिर ०४, २०७०
(नेपाली समय बिहान ९.५५) - लमजुङ जिल्लाको सिमपानी मतदानकेन्द्रमा १ सय १२ बर्षीय बृद्धा मतदाताद्वारा मतदान
मंगलबार, मंसिर ०४, २०७०
संखुवासभा- खाँदबारी नगरपालिका ४ पांमामा १ सय १ बर्षीय लालबहादुर राईले मतदान गरेका छन् । घरबाट २ घण्टा हिँडेर राई मतदान केन्द्रसम्म आएका थिए ।
उनले भने, 'भाबी सन्ततीका लागि संबिधान...
मंगलबार, मंसिर ०४, २०७०
कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नं २ को चन्द्रगढी- १ स्थित कलबलगुडी प्राविबाट मतदान गरेका छन् । उनी क्षेत्र परिवर्तन गरेर यसपटक क्षेत्र नं ३ मा गएका हुन् । रा...