Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौं– सपथ लिएलगत्तै बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्भित्र विपक्षीको भूमिकामा रहेका सञ्चारमन्त्री एवं मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष जेपी गुप्ताले आफ्ना कार्यकर्तालाई आन्दोलनको तयारी सुरु गर्न निर्देशन दिएका छन् ।
काभ्रेको धुलिखेलमा दुई दिनसम्म चलेको कार्यकर्ता भेलामा गुप्ताले प्रधानमन्त्री भट्टराई र तीन ठूला तीन दल (माओवादी, कांग्रेस र एमाले) मधेसीका मागमा गम्भीर नभएको भन्दै आन्दोलन तयारी गर्न निर्देशन दिएका हुन् ।
‘मधेसका मुद्धामा मुख्य पार्टी उदासीन छन्,’ मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का महासचिव आत्माराम शाहले भने– ‘मधेस आन्दोलनका उपलब्धि रक्षाका लागि अर्को आन्दोलनको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएका छौं ।’
तपाईको प्रतिक्रिया