Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतीय गायक सोनु निगम, सांगीतिक प्रस्तुतिका लागि नेपाल आएका क्रममा बिहीबार पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। सार्वजनिक तस्वीरहरूमा उनलाई मन्दिर दर्शनपछि फर्किंदै गरेको देख्न सकिन्छ। यस अवसरमा हास्य कलाकार सन्दीप क्षेत्री लगायत कार्यक्रम आयोजक टीमका सदस्यहरू पनि साथमा थिए। क्षेत्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगमलाई स्वागत गर्नेदेखि मन्दिर दर्शन आयोजनासम्म सक्रिय भूमिका निर्वाह गरेका छन्।

प्रहरी सुरक्षा व्यवस्थाका बीच निगम आफ्नो ब्यान्डका अन्य सदस्यहरूका साथ मन्दिर पुगेका थिए। निगमलाई नेपाल टचले क्रिसमस कन्सर्टका लागि काठमाडौं ल्याएको थियो। बुधबार साँझ हायात रिजेन्सीको चौरमा आयोजित भव्य कार्यक्रममा उनले नेपाली र हिन्दी गीतको प्रस्तुति दिए। आयोजकका अनुसार १० हजारभन्दा बढी दर्शकले यो सांगीतिक कार्यक्रममा सहभागिता जनाए।

काठमाण्डौं कन्सर्टमा मनमोहक प्रस्तुति दिएपछि गायक निगम बिहीबार राति दिल्ली फर्कनेछन्। उनलाई दिल्लीमा आयोजना हुने अंग्रेजी नयाँ वर्ष २०२५ को विशेष कन्सर्टमा समेत सहभागी हुने कार्यक्रम रहेको बताइएको छ।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया