Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – ठमेलस्थित विवादित छाया सेन्टरबाट भिसा फेसिलिटेसन सर्भिसेज (भीएफएस) ग्लोबल स्थानान्तरण हुने प्रक्रिया सुरु भएको छ। निर्माणकालीन समयदेखि नै विवादमा रहेको यो सेन्टरको विषयमा भीएफएसले मानव अधिकारसँग सम्बन्धित विषय उठाउँदै स्थान परिवर्तन गर्ने निर्णय लिएको छ।

अघिल्लो हप्ता भीएफएसले छाया सेन्टरलाई भाडा सम्झौता नवीकरण नगर्ने र यथाशक्य चाँडो कार्यालय सार्ने लिखित सूचना पठाएको थियो। स्विट्जरल्यान्ड सरकार मातहतको एक निकायमा सेन्टरसम्बन्धी उजुरी परेपछि भीएफएसले यो कदम चालेको हो। भीएफएसले आफ्नो भूमिका विवादमा नरहेको भन्दै, सेन्टरमा आफ्ना गतिविधिले पीडितलाई असुविधा हुनसक्ने सम्भावना औंल्याउँदै स्थानान्तरणको प्रक्रिया अघि बढाएको जनाएको छ।

छाया सेन्टरका विषयमा स्थानीय समुदायले परम्परागत स्वामित्वमा रहेको जग्गा अन्यायपूर्ण ढंगले निजीकरण गरिएको दाबी गरेका छन्। उक्त क्षेत्रमा पहिले सांस्कृतिक महत्त्वको पोखरी रहेको र त्यसलाई मासेर सेन्टर निर्माण गरिएकाले यो विषय संयुक्त राष्ट्रसंघको ध्यानाकर्षणमा परेकाे छ। राष्ट्रसंघले उक्त मुद्दा अदालतमा विचाराधीन रहेको जानकारी गराएको छ। स्थानीय समुदायले यस सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका छन्।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया