Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – अवैध ९२ लाख रुपैयाँसहित पक्राउ परेका आरोपितमाथि अनुसन्धान गर्दा एकजना मानव बेचबिखन मुद्दाका अभियुक्त रहेको खुलेको छ । पक्राउ परेकामध्ये सिन्धुपाल्चोकका रवि धमला मानव बेचबिखन मुद्दामा जेल पुगेरसमेत भागेको खुलेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आफ्नै श्रीमतीलाई बेचबिखन गरेको कसुरमा उनी चौतारा कारागार बसेको खुलेको हो । ०७२ सालमै सिन्धुपाल्चोक जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको र २०७२ सालको भूकम्पमा कारागार भत्किँदा उनी भागेको खुलेको हो । तर, प्रहरीसँगको बयानमा भने भागेरपछि अदालतमा हाजिर भएको र कसुरमा समेत सफाइ पाएको बताएका छन् । अवैध ९२ लाख रुपैयाँ कारोबारको मुख्य आरोपितसमेत धमला नै रहेको प्रहरीले जनाएको छ ।

रविसहित उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार राति रसुवाका जीतबहादुर तामाङ, र संखुवासभाका सन्तोष खातीलाई पक्राउ गरेको थियो । उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाएको छ । उनीहरूले अवैध सुन बिक्रीपछि रकम संकलन गरेको आशंका प्रहरीको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया