‘यसली त नाँई नभनेस है बावु ,त्यो केटी फुस्किई भने त त्यस्ति केटी तैँले पाँउदैनस अव ! म तलाई खोज्दानि खोज्दिन, बोल्दा नी बोल्दिँन !’
फुपुको अगाडि केही नचल्ने भो !
खुट्टो भएसि जुत्तो त थरिथरि साईज र मोडलका पाईन्छन, त्यो फुस्केर के भो त, भन्न मन थियो र पनि आफन्तको इज्जत राख्दिनैपर्यो । सँधै टेडिएर पनि त भएन। फेरि केटि हेर्दैमा विवाह गर्नै पर्छ भन्ने पनि त छैन, कान्छी फुपुले कुरा ल्याउनुभएको केटी हेर्ने नै भईयो ।
डराई डराई उसलाई सुनाए ,
‘म केटी हेर्न जाँदैछु ’
केटा मान्छेहरु यस्तै हुन्छन,जानू, जे मन लाग्छ गर्नु ।
उ रिसाई केही दिन ।
यता मलाई मार्ने भैसके, तिमी उता छौ ! फेरि केटि हेर्दैमा विवाह गर्नैपर्छ भन्ने नि त छैननि ,केही नभए नाक अलिक लामो, छोटो, थेप्चो रैछ भनेर नि खोट देखाँउला नि ।
अलि दिनमा उ मतथर भई र भनी,
कि म पनि आइदिँउ केटी हेर्न ?
अनि उसलाई झ्याप्पै मन पराईहाल्यौ भनेनि,
के भो त तिमी रत्यौलि खेल्न आउलाउनि,
सौता वनौलि, काम पनि आधा आधा गरे पुग्छ।
उ हाँसि
मैँले थपेँ,
अरुले नभनि दिन्छन, म त धोका नि जानकारि दिएर दिँदैछु,मान्छे त ईमान्दार पाको छौ नि तिमिले ।
जिन्दगीमा सकिन लागेको चान्स, हाम्रो विहेपछि कस्ले भन्छ र केटी हेर भनेर ! एउटा अनुभव त हो लिँउन ।
उस्ले ओके गरी
जाडोमहिना लागेपछि जोगिन मंसिर कि त रुइ कि त दुईहुनुपर्ने चर्चा अरुबेला दिनमा ‘घामप्यारी’ र रातमा ‘रामप्यारी’ चाहिने वेला भो भनेर जिस्काँउथे।घरका देखि आफन्तसम्मको किचलो सुरु हुन्छ यस्तै बवेला मंसिर सकिए माघ–फागुन बैशाख सकिए असार लाग्नैहुन्न ।
अस्ति दशैँमा घर जाँदा बिकासेले तोते बोल्ने छोरोलाई देखाएर उ, ठुलोबाबा भन बाबू भन्दा कटक्कै मन काट्याथ्यो ।दशैँको आशिर्वाद नि मंसिर नकटाएस भन्ने भो सबैको । संगै टीका थापेको गाँउलेभाईले पोहोरको विवाह गरेपछि त्यो आशिर्वाद थाप्न सदाका लागि असमर्थ थियो । तैपनि सन्तानले डाँडाँकाँडा ढाकुन, अर्को बर्ष नातिलाई नि संगै टीका लाउन पाईयोस भन्थे । उm मुस्कुराँउथ्यो अर्कोगगरी, म मुस्कुराँउथे अर्कैगगरी !
यता वुवाले सँधै भन्नुहुन्छ जे भएनि कुलकै रगत वग्नुपर्छ बाबू । उमेर जान लागिसक्यो छोराको बिहेको मुड नै देखिँदैन । यता विवाह नै नगर्र्ला भन्ने चिन्ता ! गरेनि कुलको नाक काटेर ल्याउला भन्ने चिन्ता, कहिले विहे गर्दिन भनेर ुवैरागि पारामा दारि पालियो केशु बाबाुवनिन्छ भनेर फाँईफुट्टि नि लगाईयो। वेलावेला र पनि मौसमै त्यस्तो भैदिएपछि कतिन्जेल सन्यासि बन्न सकिँदो रैछ र एक्लै गर्नुपर्ने काम त त्यतिवेला कम लाग्दो रैछ, जतिवेला एक्लै एक्लै हुनेदिन डवलतिर नजिकिँदै जान्छ ।
वुबाआमा र आफन्तको मन मात्रै राख्न भए पनि यस्पाली केटि हेर्न नगई नहुँने भो । २–४ ठाँउवाट केटीको कुरा ल्याय आफन्तले । त्यसमध्ये पढाइ लगभग मेरै वरपर भा कि राम्रो शिल स्वभाव र घरानाको कुरा आको छ ।
तेरो कोहि छ भने भन रुबारम्बार यो प्रश्न मैले झेलिरहेकै थिँए । छ भनम् कि छैनरुयता नभाकिलाई के छ भन्नू छैन भन्दिँन्थेँ । आमालाई चैँ केही कुरा थाहा थियो । भन्नुहुन्थ्यो विदेश गाकि केटि तलाई के कुर्थि उतैको वनाईहोलि, बेलैमा सोचेस बाबू ।
सरिका र मेरो अफेएर सात बर्षको थियोे । व्याच्लर पछि उm जापान गई । म मास्टर्स गर्न थालेँ । मैले मास्टर्स सकेर र केही व्यवस्था गर्दा लगभग दुई बर्षमा उm पनि जापानबाट फर्किएर घरगृहस्थिमा लाग्ने हाम्रो प्लान थियोे । जापान पुगेपछि उm अझै नरम बोल्ने भाकि थिई । अक्सर मैँले भेटेका जापानीज जस्ता नरम भएर आफु हारे पनि अरुलाई थोरैसम्म पनि नविझाओस भनेजसरी ।
शनिवार सबैलाई त्यहि दिन जुर्यो र जाने भईयो अंकल, वुवा, फूपू र दाईहरुसहित सात जना गाडिमा बागवजार उस्को घर अझै आफ्नो त सम्भावित ससुराली नै हो नि, केटी पक्षकाले बैठकमा वसाए मेरो पढाइ, जागिर सबैबारे सोधे । कफि खुवाए, कफि बोकेर उहीँ आँउछेकि, न आँखा जुध्छ र मुस्कुराँउदै लजाएर जालि हिन्दी–नेपाली फिल्ममा जस्तै भन्ने लागिरहन्थ्यो । पहिलो चोटि के हो के भन्ने भयो तर घरमै काम गर्ने दिदिले ल्याईदिनुभयो त्यो त सकियो । अब केटि देखाँउन पो के गर्ने हुन । हाम्रा अभिभावकहरु विच कुरा भए जे भएनि केटाकेटीको कुरा मिल्नपरो भन्नेमा पुग्यो ।
अब त्यो प्रतिक्षाको घडि नि सकियो । उसको अंकलले मलाई उसको कोठामा पुरयाएर ढोका खोल्दै भन्नुभयो, सवी उहाँ नै हो बाबु त्यसपछि ढोका लगाई दिनुभयो बन्द कोठामा एक अपरिचित केटी र एक केटा ! कतै देखेजस्तो नि लाग्यो । कोठाभरि हेरेँ, भित्ताभरि प्रमाणपत्र, विभिन्न भनाइ, स्कुल, कलेजका देखि घरसम्मका फोटा र सिसाको दराजभरी, चिरहरण, कर्णाली व्लुज, समर लभ, साया देखि धेरै अंग्रेजी पुस्तक सजिएका थिए । त्यो अध्ययनशिल केटीको व्यक्तिगत संग्रहालय जस्तै थियो । त्यो सफा कोठा जुन म सोच्नै सक्दैेनथिँए ।
अभिभावकले कुरा गर्न दिएको खुल्ला स्वीकृति थियो त्यो । वाटामा जिस्काको जस्तो नि त गर्न भएन नि, जिन्दगीको सवाल छ । भनिन्छ नि पहिलो प्रभावले अन्तिमसम्म निर्धारण गर्छ । विचार गरेरै बोल्नपरो, अलिकति अप्ठ्यारो लाग्यो सायद उm पनि थोरै लजाई र भनी, वस्नुसन न ! उसले आफ्नो छेउमा देखाँउदै वसेको वेडतर्फ इसारा गरी, उसको हातमा सुविन भट्टराईको मनसुन थियो । सायद म उसलाई नछुईने गरी वसेँ एकछिन सन्नाटा छायो न उm बोली न म बोल्ने पो कसरी तिमी भनौकिँ तपाईं ?
मौनता तोड्दै सोधेँ
नामै सवि कि वोलाउने नाम ?
नाम त सविता हो, घरमा र साथीहरू सवि भन्छन,
अनि हजुरको ?
आफ्नो नाम भन्दिँए,
पढाइ कहाँ पुग्यो सवि ?
भर्खरै मास्टर ज्वाईन भाछु ,हजुरको ?
म लास्ट एर
अनि ‘जब’ के छ ?
‘जब’ केमा र कुन पोष्ट सोध्लि भनेर सिधै दुईको जबाफ आउनेगरि भन्दिँए,
होटलमा म्यानेजर गर्छु तिमी नि ?
म एनजीओमा ।
त्यसबिचमा मोबाइल भाईवरेसनमा थियो फोन आईरह्यो दुई चोटी काटिसकेको उसले देखि ।
तेस्रोमा उसले मुख फोडेरै भनी फोन त उठाउनु न ।
मैँले उठाँए, सरिकाले जापानबाट गरेकि थिई मानौँ कोठाभित्र हामी दुई धेरै बेर बिताएको उसले थाहा पाई र शंका गर्दैछ ।
फोन उठाँए,
के हुँदैछ ? सरिकाले सोधि ।
केटि हेर्दै छु पछि कल गर, फोन काट्दिँए ।
सविले सोधि कस्को फोन थियोे ?
केटिको स्वर सुनेकी थिई उस्ले र पनि शंका नहोस जसरि केटी हेर्न भन्दिएको थिँए,
‘गर्लफ्रेन्डको’
रिसाउली जस्तो लागेको थियो सहज भनी,
अनि गर्लफ्रेन्ड भाको मान्छे किन केटि हेर्न त ?
भनेँ, घरको कचकचले ।
उस्ले नि भनी, सेम हेएर ।
न उसले मलाई मन पराउनु थियोे न मैँले उस्लाई
अनि सोधेँ ‘ह्वेर हि ईज’
अष्ट्रेलिया, दुई वर्ष पछि आँउछ त्यसपछिको प्लान हो, एण्ड सि ?
जापान, त्यस्तै केही महिना बाँकि छ ।
अब गफ अौपचारिकतामात्र थियो । मनसुन कस्तो लाग्यो ?
भर्खर सुरु गरेकि,
सकेपछि सेएर गर्नु है ।
उस्ले भनी ‘ओके’
जे भएनि भेटियो साथि त वनम न मेरो प्रस्तावमा उसले मेरो आइडि सोधि र म रिक्वेस्ट गर्छु भनी । त्यसपछि केही बाँकि नरहेपछि उ र म संगै उठ्यौँ । ढोका खोल्दै गर्दा मैँले भनेँ ‘अब निर्णय चैँ व्वाईफ्रेन्ड छ रे भन्दिँम’ हामी दुवै हाँस्यौ हाँसो बाहिर बैठक कोठाकाले नि सुने र भन्दै थिए, लु केटाकेटीको कुरा मिल्योजस्तो छ । अब घरसल्लाह गरेर निधो दिनेगगरी उठियो ।
बाटोमा फुपुले सोध्नुभयो –अनि केटि कस्ति लाग्यो ? उसको त केटो छ रे बाहिर, फुपुले केही भन्नुभएन । घर आएर डाटा अन गर्दा एउटा रिक्वेस्ट थियो सविको अनि एउटा म्यासेज सरिकाको केटी कस्तो लाग्यो केशु ? एसेप्ट र रिप्ले पछि गर्नेगरी अफलाईन भँए त्यसपछि……