Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनको बन्दसत्रमा महामन्त्री, कोषाध्यक्ष र पार्टीको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सम्पन्न भएको छ । नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलको सभापतित्वमा सुरु भएको बन्दसत्र निर्धारित समय भन्दा एकघन्टा ढिलो गरी सुरु भएको थियो ।
काठमाडौँको भृकुटीमण्डपमा जारी बन्दसत्रमा महामन्त्रीव्दय प्रकाशमान सिहं र कृष्णप्रसाद सिटौलाले पेस गर्नुभएको पार्टीको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष चित्रलेखा यादवले पेस गर्नुभएको आर्थिक प्रतिवेदन पेस गरी बन्दसत्र सम्पन्न भएको हो । बन्दसत्रमा पार्टीको नीति तथा कार्यक्रम पार्टीका केन्द्रीय सदस्य महेश आचार्यले पेस गर्नुभएको थियो ।
बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि शनिबार बिहान ९ बजेदेखि छलफल प्रारम्भ हुने नेपाली काँग्रेस प्रचार विभाग प्रमुख डा मिनेन्द्र रिजालले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । बन्दसत्रमा प्रस्तुत भएका प्रतिवेदन बिहान ९ देखि १२ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म छलफल जारिरहने बताइएको छ ।
यसैबीच महाधिवेशनको बन्दसत्रले काँग्रेसको विधानमा उल्लेख गरिएको अञ्चलबाट निर्वाचित एकजनाका दरले केन्द्रिय सदस्य निर्वाचित गर्ने प्रावधान संशोधन गरेको छ । यस्तै पार्टीको अन्तिम बैठकले बाधा अड्काउ फुकाउ अधिकार प्रयोग गर्दे अञ्चलको सदस्य प्रदेशमा दुईजना रहने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया