Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ २५, २०८१
Friday, February 7, 2025

काठमाडौँ- नेपाली काँग्रेसको १३औँ महाधिवेशनले निर्वाचित गर्ने खुलातर्फको २५ केन्द्रीय सदस्य पदमा भएको निर्वाचनको मतगणनामा नेता खुमबहादुर खड्काले अग्रता लिनुभएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काँग्रेस पार्टी केन्द्रीय कार्यालयमा भइरहेको मतगणनामा १५० मत गणनामा खड्काले ९४ मत ल्याउनुभएको छ भने प्रकाशमान सिंहले ९० मतले पछ्याइरहनु भएको निर्वाचन समितिका सदस्य जगनाथ श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार तेस्रोमा डा. शेखर कोइरालाले ८९, विमलेन्द्र निधिले ८८, प्रदीप गिरीले ८७, प्रदीप पौडेलले ८७, महेश आचार्यले ८७, बालकृष्ण खाँणले ८६, कुलबहादुर गुरुङले ८५, पूर्णबहादुर खड्काले ८४, रमेश लेखकले ७९, शङ्कर भण्डारीले ७८, सुजाता कोइरालाले ७८ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, केन्द्रीय सदस्यमा डा प्रकाशशरण महत ७७, डा मीनेन्द्र रिजाल ७७, गोपालमान श्रेष्ठ ७६, डा नारायण खड्का ७५, डा रामशरण महत ७४, विश्वप्रकाश शर्मा ७४, बलबहादुर केसी ७३, ज्ञानेन्द्रबहादुर कार्की ७३, एनपी साउद ७३, चन्द्र भण्डारी ७१, धनराज गुरुङ ७०, उदयशमशेर राणाले ६८ मत प्राप्त गर्नुभएको छ ।

खुला २५ पदका लागि निर्वाचनमा ९० जनाले प्रतिस्पर्धा गर्नुभएको थियो । निर्वाचन समितिका सदस्य श्रेष्ठका अनुसार खुलातर्फको मतगणना बिहीबार बिहानबाट सुरु हुनेछ । महाधिवेशनबाट पार्टीका सभापतिमा शेरबहादुर देउवा, महामन्त्रीमा डा शशाङ्क कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव विजयी भइसक्नुभएको छ ।

साथै खुला तर्फको बाँकि मतगणना बिहीबार बिहानसम्मका लागि स्थगित भएको छ ।

तपाईको प्रतिक्रिया