Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं  – कांग्रेस महामन्त्री पदमा पराजित भएका गगन थापाले पार्टीको रुपान्तरणका लागि आफू निरन्तर क्रियाशित रहने बताउनुभएको छ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा पराजित भएपछि बुधबार विज्ञप्ति निकालेर उहाँले महाधिवेशनका क्रममा आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।

उक्त विज्ञप्तिमा,  महाधिवेशनमा पार्टी रुपान्तरण र मुलुकको समृद्धिका लागि मैले प्रस्तुत गरेका विषयहरूलाई अगाडि वढाउन आगामी दिनमा मेरो प्रयास थप उर्जाका साथ निरन्तर रहनेछ भनिएको छ । पार्टीलाई सात सालको झैं क्रान्तिकारी र १५ सालको झैं प्रतगिशील बनाउनुपर्ने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाली काँग्रेस पार्टीलाई २००७ सालको जस्तो क्रान्तिकारी र २०१५ सालको जस्तो प्रगतिशील बनाउँदै परिवर्तित युगको हाँकलाई स्वीकारेर नेपाललाई सम्मानित र समुन्नत नेपाली बस्न सक्ने विलक्षण विविधताले युक्त समुन्नत घर वनाउने आधारशीला खडा गर्न र नेपाली काँग्रेसलाई समावेशी लोकतन्त्रलाई संस्थागत गरेर मूलुकलाई समुन्नतिमा लैजाने अभियानको नेतृत्व गर्ने पार्टी बनाउन पार्टी पुनर्निर्माणको अभियान जारी रहने समेत उल्लेख छ । ***

तपाईको प्रतिक्रिया