Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – नेपाली कांग्रेसमा ६१ केन्द्रीय सदस्य पदका लागि ३ सय ६६ जनाले उम्मेदवारी दिएका छन् । बिहिबारदेखि शुक्रबार१२ बजेसम्म तोकिएको मनोनयन दर्तामा ३ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका निर्वाचन समितिले जनाएको छ ।
त्यसमध्य खुला तर्फका २५ केन्द्रीय सदस्य पदमा ९४ जनाले उम्मेदवारी दिएका छन् । नेतृ सुजाता कोइराला र डिना उपाध्यायले खुल्ला तर्फबाट केन्द्रिय सदस्यमा मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै प्रदेशतर्फका १४ केन्द्रीय सदस्य पदमा १ सय २ जनाले उम्मेदवारी दिएका छन् । ७ वटा प्रदेशमा २र२ जनाको दरले १४ जना केन्द्रीय सदस्य हुने व्यवस्था कांग्रेसले यसै महाधिवेशनदेखि गरेको हो ।
आरक्षणतर्फ ६ जना महिला पदका लागि ४१ जनाले उम्मेदवारी दिएका छन् । आदिवासी जनजातिको ५ पदका लागि ६४ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये आदिवासी जनजाति २ महिलामा १४ को उम्मेदवारी परेको छ।
त्यस्तै मधेसी ५ पदका लागि २८ जनाले उम्मेदवारी दिएका छन् । जसमा २ मधेसी महिलाका लागि १० जनाले उम्मेदवारी दिएका छन् । ५ जना दलित केन्द्रीय सदस्यका लागि २७ जनाले उम्मेदवारी दिएका छन् । जसमा २ दलित महिलाका लागि ६ जनाले उम्मेदवारी दिएका छन्। १ जना मुस्लिमका लागि १० जनाको उम्मेदवारी परेको छ ।
उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन २ बजे गर्ने निर्वाचन समितिले जनाएको छ। त्यसपछि ५ बजेसम्म उम्मेदवारको नाममाथि दावी विरोध र उम्मेदवारी फिर्ताको समय दिइएको छ । त्यसपछि आजै ७ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ । कांग्रेसको नेतृत्व चयनका लागि भोलि निर्वाचन हुँदैछ।

तपाईको प्रतिक्रिया