Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं– कांग्रेसको १३ औँ महाधिवेशन बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । ०३ सालमा पहिलो महाधिवेशन गरेको नेपाली कांग्रेसले ०७२ सालमा १३ महाधिवेशन गर्दैछ ।
पहिलो महाधिवेशन
कांग्रेसले भारतको कलकत्तामा आजभन्दा ६९ वर्ष पहिले पहिलो महाधिवेन गरेको थियो । त्यो आफैमा महाधिवेशन नभएता पनि सो भेलालाई कांग्रेसले पहिलो महाधिवेशनको मान्यता दिएको थियो ।
२००३ माघ १२ र १३ गते भएको सो भेलाले टंकप्रसाद आचार्यलाई सभापति र वीपी कोइरालालाई कार्यकारी सभापतिको जिम्मेवारी दिएको थियो ।

दोश्रो महाधिवेशन
कांग्रेसको दोश्रो महाधिवेशन २००४ मा भारतमै भएको थियो । वीपी जेलमा रहेका कारण सो महाधिवेशनबाट डील्लीरमण रेग्मीलाई कार्यकारी सभापतिको जिम्मा दिइएको थियो ।

तेश्रो महाधिवेशन
कांग्रेसको तेश्रो महाधिवेशन भारतमै २००५ मा भएको थियो । त्यस महाधिवेशनले महेन्द्रविक्रम शाहलाई सभापति तोकेको थियो । त्यतिबेला पनि वीपी कोइराला जेलबाट छुटेका थिएनन् ।

चौँथो महाधिवेशन
२००५ मा कांग्रेसको चौँथो महाधिवेशन पनि भारतकै कलकत्तामा भएको थियो । त्यस महाधिवेशनबाट त्यतिबेलाका दुई कांग्रेस एक भएका थिए ।
सो महाधिवेशनले मातृकाप्रसाद कोइरालालाई सभापति र महेन्द्रविक्रम शाहलाई महामन्त्रीमा चयन गरेको थियो ।

पाँचौँ महाधिवेशन
यो नेपालमा भएको कांग्रेसको पहिलोमहाधिवेशन हो । जुन २००९ सालमा जनकपुरमा भएको थियो । सो महाधिवेशनबाट वीपी कोइराला कांग्रेसको सभापति बनेका थिए ।

छैठोँ महाधिवेशन
कांग्रेसको छैठोँ महाधिवेशन पनि नेपालकै विरगञ्जमा २०१२ मा भएको थियो ।
सो महाधिवेशनबाट शुवर्ण शमशेर सभमपति बनेका थिए ।

सातौँ महाधिवेशन
कांग्रेसको सातौँ महाधिवेशन २०१७ मा काठमाण्डुमा भएको थियो ।
सो महाधिवेशनले वीपी कोइरालालाई नै सभापतिमा चयन गरेको थियो ।

आठौँ महाधिवेशन
जनआन्दोलन २०४६ पछि बल्ल कांग्रेसको आठौँ महाधिवेशन हुन पुग्यो । झापामा भएको सो महाधिवेशनबाट कृष्णप्रसाद भट्टराई सभापतिमा चुनिएका थिए ।

नवौँ महाधिवेशन
कांग्रेसको नवौँ महाधिवेशन २०५३ मा काठमाण्डुमा भएको थियो । यस महाधिवेशनबाट सभापति गिरिजाप्रसाद कोइराला र महामन्त्री सुशील कोइराला चयन भएका थिए ।

दशौँ महाधिवेशन
कांग्रेसको दशौँ महाधिवेशन २०५७ मा पोखरामा भएको थियो । सो महाधिवेशनमा पनि सभापति गिरिजाप्रसाद कोइराला चयन भएका थिए ।

एघारौँ महाधिवेशन
कांग्रेसको एघारौँ महाधिवेशन २०६२ भदौमा ललितपुरमा भएको थियो ।
सो महाधिवेशनमा पनि सभापति गिरिजाप्रसाद कोइराला चयन भएका थिए ।

बाह्रौँ महाधिवेशन
कांग्रेसको १२ औँ महाधिवेशन २०६७ मा काठमाण्डुमाभ एको थियो । यसबेला दुई कांग्रेसबीच उकता भएको थियो ।
यस महाधिवेशनमा सभापतिका लागि सुशील कोइराला, शेरबहादुर देउवा र भीमबहादुर तामाङले प्रतिस्पर्धा गरेका थिए ।
जसमा सुशील विजय भएका थिए । भने महामन्त्रीमा प्रकाशमानसिंह विजयी भएका थिए ।

तपाईको प्रतिक्रिया