Deneme Bonusu Veren Siteler
आइतबार, पौष १४, २०८१
Sunday, December 29, 2024

काठमाडौं- अमेरिकामा एक ८ वर्षीय बालकले नेपालका भूकम्प पीडितहरुको सहयताका लागि २६ हजार अमेरिकी डलर संकलन गरेका छन् ।

अमेरिकाको मेरिल्याण्ड बस्ने नेपाली मुलका बाबु आमाका छोरा नीभ सर्राफले एक्लो पहलमा सो रकम संकलन गरेका हुन् । खुत्रुकेमा पैसा जम्मा गर्ने बानी गरेका ती बालकले नेपालमा गएको भूकम्पबारे सुन्ना साथ आफ्नो खुत्रुकेमा रहेको पैसा नेपालका पीडितहरुलाई सहयोग गर्नेबारे आफ्ना बुवासँग जिज्ञासा राखेका थिए ।

नीभका बुवा प्रकाश सर्राफका अनुशार नीभले हरेका वर्ष आफ्नो जन्म दिनका दिन खुत्रुकेमा जम्मा भएको पैसा सहयोग गर्ने गरेका छन् । उनले यस अघि पनि अमेरिकाका बेघरबार मानिसहरुलाई आफुले जमा गरेको रकम सहयोग गरेका थिए ।

सहयोगको इच्छा गर्दा उनको खुत्रुकेमा जम्मा ३ सय ८४ डलर जमा थियो । तर उनले नेपालका पीडितलाई सक्दो बढि सहयोग गर्न आफन्त र चिनाजानेका ब्यक्तिबाट रकम संकलन गर्ने उपाय सोचे ।

बुवाको अनुमति पाएपछि सहयोग संकलन सुरु गरेका नीभले पहिलो दिननै १८ सय डलर उठाउन सके । २४ मे मा जन्म दिन सम्म २५ सय डलर संकलनको लक्ष्य लिएका निभले अहिल सम्म नै एक्लो प्रयासमा २६ हजार अमेरिकी डलर संकलन गरि सकेका छन् ।

उनको अभियानमा उनका साथीहरुले पनि साथ दिए पछि उनिसँग अहिल २७ हजार २ सय ७६ डलर संकलन भईसकेको छ । नीभले २४ मे मा आउने आफ्नो जन्म दिन सम्म रकम संकलन जारी राखी नेपालका भूकम्प पीडितहरुलाई सहायता गर्ने जनाएका छन्। ***

तपाईको प्रतिक्रिया