Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको शनिबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। उनको पार्थिव शरीरलाई उनको निवासबाट बिहान कांग्रेस मुख्यालय र त्यहाँबाट दिल्लीको निगमबोध घाटमा ल्याइएको थियो।

अन्त्येष्टिमा राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, उपराष्ट्रपति जगदीप धनखर, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंहलगायतका उच्च अधिकारीहरू उपस्थित थिए। कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गे, पूर्वअध्यक्ष सोनिया गान्धी, राहुल गान्धी, प्रियंका गान्धी लगायत प्रमुख नेताहरूले पनि अन्तिम श्रद्धाञ्जली अर्पण गरे। निगमबोध घाटमा भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकको पनि उपस्थित थिए। उनले डा. सिंहको योगदानलाई सम्झदै श्रद्धाञ्जली व्यक्त गरे।

९२ वर्षीय सिंहको निधन बिहीबार दिल्लीको एम्स अस्पतालमा भएको थियो। भारत सरकारले सात दिने राष्ट्रिय शोकको घोषणा गर्दै उनको सम्मानमा राष्ट्रिय ध्वजालाई आधा झुकाउने निर्णय गरेको छ। साथै, कांग्रेसले एक हप्ता सबै पार्टी गतिविधि स्थगित गर्ने निर्णय गरेको छ।

 

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया