Deneme Bonusu Veren Siteler
आइतबार, पौष १४, २०८१
Sunday, December 29, 2024

kapil 1टोकियो – महाभूकम्पबाट अति प्रभावित क्षेत्रका पीडितहरुको राहत कार्यमा हप्तौसम्म पनि सरकारी तत्परता र उपस्थिति पुग्न नसकेपछि काभ्रे जिल्लाको महेन्द्रज्योती गाबिसमा भने स्थानीयहरुको सक्रियतामा राहत सामाग्री बितरण सुरु भएको छ ।

स्थानीय सरास्वती थापा, विक्रम थापालगायतका स्वयमसेवकहरुको सक्रियतामा राहत सामाग्रीसहित पुगेको टोलीले सो गाबिसका पीडितहरुलाई राहत स्वरुप त्रिपाल, चामल, दाल, पीठो, नुन, तेल लगायतका अत्यावश्यक एवं आधारभूत सामाग्री वितरण गरेका हुन् ।

हिजो शुक्रवारबाट सुरु गरिएको राहत वितरण कार्यक्रम एक हप्तासम्म निरन्तर चल्ने बताईएको छ । अरु छिमेकी गाबिसहरुबाट पनि राहतको माग भई आएको विक्रम थापाले समुद्रपारिलाई बताए ।

सरकारको ध्यान नपुगेको गाउँठाउँमा आफ़्नै गाउँका छोरी, बुहारी, छोरा, भतिजाहरुले राहत बितरण गर्न आउँदा पीडितहरु हर्षित देखिन्थे ।

आफ़्नो गाउँका पीडितहरुको राहतका लागि जापानबाट एनआरएन आइसीसीका च्यारिटी टास्क-फोर्सका सदस्य कपिलदेव थापाले ब्यक्तिगतरुपमा फण्डिङ गर्नुभएको बुझिएको छ । ***

तपाईको प्रतिक्रिया