Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझबाट देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जानकारी दिएको छ। आज साँझ जारी विशेष बुलेटिनमा विभागले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम बदली हुने उल्लेख गरेको छ।

बुलेटिनअनुसार, यो प्रणालीको प्रभावले शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा व्यापक हिमपातको सम्भावना छ। गण्डकी, बागमती र कोशी प्रदेशका उच्च क्षेत्रहरूमा पनि हल्कादेखि मध्यम हिमपात हुने प्रक्षेपण गरिएको छ। साथै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही भूभागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ भने गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका केही स्थानहरूमा सामान्य वर्षा हुने संभावना देखिएको छ।

विभागले मौसम प्रणालीको कारण तापक्रम घटेर चिसो बढ्न सक्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण र हवाई यातायातलगायत विभिन्न गतिविधिमा असर पर्न सक्ने चेतावनी दिएको छ। यससँगै जनतालाई सतर्क रहन र आवश्यक पूर्व तयारी गर्न आग्रह गरिएको छ।

 

 

तपाईको प्रतिक्रिया