Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आज तीन घण्टा लामो बयान लिइएको छ। बयान कास्कीको प्रहरी हिरासतमा राखेर लिइएको हो।

प्रहरीको अनुसन्धान रिपोर्ट र सरकारी वकिल कार्यालयले तयार पारेको अभियोग पत्रका आधारमा बयान लिइँदैछ। न्यायाधीश नितिज राईले बयान लिने क्रम जारी राखेका छन्। आजको बयान पूरा हुन नसकेकोले भोलि पनि यो प्रक्रिया निरन्तर चल्ने बताइएको छ।

बयानका क्रममा लामिछानेले आफूविरुद्ध लगाइएको अभियोगमा कुनै संलग्नता नरहेको दाबी गरेका छन्। उनले अभियोग पत्रमा उल्लिखित आरोपहरू गलत र आफू दोषी नभएको पनि बताएका छन्। अदालतले उनको मुद्दासम्बन्धी थप विवरण संकलन गरिरहेको छ।

तपाईको प्रतिक्रिया