Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा सिचुवान एयरलाइन्सको उडानले प्राविधिक रूपमा कुनै समस्या नरहेको प्रमाणित गरेको बताएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बिहीबार बिहानै चीनबाट १२९ यात्रु लिएर सिचुवानको जहाज पोखरा विमानस्थलमा अवतरण गरेको थियो । यसपछि जहाजले काठमाडौँमा प्रमोसन उडान पनि गरेको थियो । सो जहाज पोखराबाट दिउँसो १२ बजे काठमाडौँ १२६ यात्रु बोकेर आएको थियो ।

नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक डिओ चन्द्रलाल कर्णले सिचुवान एयरलाइन्स पोखरामा अवतरण र टेकअफ सहज रूपमै गरेको बताए । प्रमोसन फ्लाइटका रूपमा पोखराबाट काठमाडौँ उडान भर्दै न्यारोबडी जहाज नियमित उडान गर्न कुनै समस्या नरहेको उल्लेख गरेको छ ।

‘पोखरा विमानस्थल निर्माण गर्दा न्यारोबडी जहाज उडान गर्न सक्नेगरी डिजाइन गरिएको थियो,’ उपमहानिर्देशक कर्णले भने, ‘सिचुवानको पूर्ण क्षमताको उडानले प्राविधिक रूपमा कुनै समस्या नरहेको प्रमाणित गरेको छ ।’

नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक प्रदीप अधिकारीले डाँडा र धावनमार्गको कारण उडान गर्न नसकिने भन्ने हल्ला झुटो साबित गरेको बताए । ‘पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुनै सक्दैनन् भन्ने हल्लाको व्यापार अब बन्द भयो,’ महानिर्देशक अधिकारीले भने, ‘हाम्रो मेहेनतले नियमित उडान गर्न सक्छौँ । कसैले डाँडा र कसैले धावनमार्गको कारण अन्तर्राष्ट्रिय उडान हुन सकेनन् भन्ने हल्ला खण्डित भएन ।’

पोखरामा वार्षिक २ लाख अन्तर्राष्ट्रिय पर्यटक आएका छन् भने आगामी वर्ष ४ लाख पुर्‍याउन सके कम्पनी उडान गर्न आफैँ तयार हुने बताउँछन् । लामो समयको प्रयासपछि एउटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका सम्पूर्ण प्रक्रिया पूरा गरेर पोखरामा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर १ जनवरी २०२३ मा उद्घाटन गरिएको थियो । हालसम्म केही चार्टर्ड उडानबाहेक एउटा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया