Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी र उनकी पत्नी सुनिता द्विवेदीले नेपालमा पाँच दिने औपचारिक भ्रमण सम्पन्न गरी आज भारत फर्केका छन्। उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारी र उनकी धर्मपत्नीले बिदाइ गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले जनरल द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेका थिए। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल आएका द्विवेदीले प्रधानमन्त्री, रक्षामन्त्री र प्रधानसेनापतिसँग छुट्टा-छुट्टै शिष्टाचार भेटघाट गरेका थिए।

उनले शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेज, पोखराको पश्चिम पृतना मुख्यालय, मुक्तिनाथ मन्दिर र माउन्टेन फ्लाइटमार्फत विभिन्न हिमालको अवलोकन समेत गरे। नेपाली सेनाले यस भ्रमणले दुई देशबीचको मैत्रीपूर्ण सैनिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया