Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

काठमाडौं – सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ । शुक्रबार जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले पक्राउ पुर्जी जारीका लागि अनुमति दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए ।

चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको रकम हिनामिना आरोपमा बचतकर्ताले लामिछाने र जोशीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । बुधबार सहकारी पीडितले रवि र छविसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका हुन् ।

सहकारी पीडितले रवि र छविसहित जीवी ग्रुप कम्पनीका शेयरधनी विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अलि सिद्धिकी, नेचर नेष्ट प्रालीका शेयरधनी दीपक लामा, स्प्रिङ उड रियल स्टेटका शेयरधनी भगवती बम्जन,नेचर हर्बस इन्टरनेशनल प्रालिका शेयरधनी कविता तामाङ र राम बहादुर खनाल विरुद किटानी जाहेरीमा दिएका थिए ।

साहरा चितवन सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ । साहारा सहकारीबाट नेचर हर्बस इन्टरनेशनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ५९७, जीबी ग्रुप अफ कम्पनीमा ९ करोड २७ लाख ५० हजार ८५४ र स्प्रिङ उड रियल स्टेट ६ करोड ८१ लाख ८८ हजार ७०३ र नेचर नेस्ट प्रालिमा ६ करोड ५१ लाख १० हजार ३२२ गरेर ४३ करोड १४ लाख ४९ हजार ९२७ रुपैयाँ गएको भन्दै पीडितले पुरक जाहेरी दिएका हुन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया