काठमाडौं – आगामी आइतबार (मंसिर ९ गते)देखि पैसा तिरेर धरहरा चढ्न पाइने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आइतबारदेखि सशुल्करूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेशबमोजिम हाललाई अनुसूचीमा प्रस्ताव गरेबमोजिमको शुल्क लिएर धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिए ।
त्यस्तै, बैठकले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगमा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाललाई सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको छ ।
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.