Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – चालू आर्थिक वर्षको पहिलो तीन महिनामा (साउन, भदौ, असोज) नेपालले चार खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्र्याएको छ। नेपाल राष्ट्र बैंकको ताजा रिपोर्ट अनुसार, यो अवधिमा रेमिट्यान्स साढे ११ प्रतिशतले बढेर चार खर्ब सात अर्ब ३१ करोड रुपैयाँमा पुगेको छ। पछिल्लो २२ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ। असोज एक महिनामा मात्रै एक खर्ब ४४ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत र व्यक्तिगत–नयाँ) लिने नेपालीहरूको संख्या भने एक लाख ७० हजार ५ सय पुगेको छ। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा झन्डै सात हजारले कम हो।

 

 

 

 

तपाईको प्रतिक्रिया