सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो – जापानको गाडी उत्पादक कम्पनी टोयोटाले चन्द्रमामा गाडी पठाउने तयारी थालेको छ । टोयोटाले जापानको अन्तरिक्ष संस्थासँग मिलेर चन्द्रमाको सतहमा आफ्नो गाडी पठाउन तयारी थालेको हो ।

सन् २०४० सम्ममा चन्द्रमामा बसोबासका लागि तयारी गर्न आफ्नो कम्पनीले गाडी पठाउने तयारी थालेको टोयोटाका अधिकारीले बताए । जापान एरो-स्पेस एक्सप्लोरेसन एजेन्सीसँग मिलेर विकास गरिरहेको गाडीको नाम लुनार क्रुजर रहेको छ । अहिले टोयोटाको ल्यान्ड क्रुजर एसयूभी विश्व प्रख्यात छ ।

बाहिरी अन्तरिक्षमा पनि गाडीमै मानिसहरुले खान, काम गर्न, सुत्न र सञ्चार गर्न सकिने अवधारणामा आधारित भएर लुनार क्रुजरको विकास गरिरहेको ताकाओ सातोलाई उदृत गर्दै समाचारसंस्था एपीले उल्लेख गरेको छ । सम्भवतः एक दशकमा यो तयार हुने परियोजनाको नेतृत्व ताकाओ सातोले गरिरहेकाहुन् । –एपीबाट

तपाईको प्रतिक्रिया