सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

टोकियो – जापानलाई आफ्नो कर्मथलो बनाएका गायक तथा संगीतकार ‘मिस्टर सुबोध’ को देशभक्तिभावपूर्ण गीत ‘बलिदान’ सार्वजनिक भएको छ ।

गायक सुबोधकै युटुब च्यानलमार्फत हालसालै सार्वजनिक भएको गीतमा शब्द तथा संगीत अल्बर्ट गुरुङको रहेको छ भने गीतलाई एरेन्ज पनि गुरुङले नै गरेका छन् ।

एरिक गुरुङको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको म्यूजिक भिडियोको सम्पादन प्रविण श्रेष्ठ र स्वयम् गुरुङले गरेका हुन भने भिडियोको निर्देशन नरेन लिम्बुले गरेका हुन ।

गीतमा वीर गोर्खालीहरु गरेको बलिदान खेर नजाने र देशका निम्ति छातीमा गोली थाप्नसमेत नेपाली तयार रहेको भन्ने भाव झल्काइएको छ । गीतले नेपालमा बढिरहेको बलात्कारका घटना र ततपश्चात भएका आन्दोलनलाई समेत समेटेको छ ।

सन् २००५ देखि नै गीत संगीतको क्षेत्रमा सक्रिय रहेका मिस्टर सुबोधले आफ्नो सांगीतिक यात्रा ‘तिम्रो मायाले’ बोलको गीतबाट गरेका थिए । सुरुवाती दिनमा बोसम ब्याण्डमा आवद्ध रहेका उनका हालसम्म १९ वटा गीत रेकर्ड भएका छन् ।

२०१३ मा विद्यार्थी भिसामा जापान आएका उनी हाल यहाँकै एक कम्पनीमा पूर्णकालिन कर्मचारीका रुपमा कार्यरत छन् । जापानको व्यस्तताकावीच पनि कामसंगै सांगीतिक क्षेत्रमा सक्रिय रहेको उनी बताउँदछन् ।

समुद्रपारिसंगको कुराकानीमा उनले जापानमा रहेका धेरै गायक गायिकाहरुका लागि गीत तयार पारिदिएको बताउँदै हरेक आइतबार लाइभ कार्यक्रम समेत गरिरहेको जानकारी दिए ।

यस्तो छ भिडियोः

तपाईको प्रतिक्रिया