आइतबार, जेठ १३, २०८१
Sunday, May 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौँबाट रामेछाप उडेको सिता एयरको ९०६ उडान नम्बरको जहाज काठमाडौँमा आकस्मिक अवतरण गरिएको छ । जहाजको हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौँ फर्काएर आकस्मिक अवतरण गरिएको हो।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार सोमबार बिहान उडेको जहाज हाइड्रोलिकमा समस्या आएपछि काठमाडौँ फर्काइएको हो । उक्त जहाज रामेछाप हुँदै लुक्ला जाने तयारीमा थियो । हाइड्रोलिकमा समस्या आउँदा जहाज अवतरणमा समस्या हुन्छ । अवतरणपछि धावनमार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म पुर्‍याइएको थियो ।

 

तपाईको प्रतिक्रिया