बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनमा इलाम २ मा सोमबार अपराह्नसम्म आधा मत गणना भएको छ। निर्वाचन आयोगका अनुसार, नेपालको समय अपराह्न २:४५ बजेसम्म ३४ हजार २६ मत गणना भएको छ। यो क्षेत्रमा ६९ हजार २८७ मत खसेका थिए।

अहिलेसम्मको गणनामा नेकपा (एमाले)का सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्। उनले १३ हजार ९०० मत पाएका छन्। दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको आठ हजार ९१४ मत छ। उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूको आठ हजार २८५ मत छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले एक हजार ९४५ मत पाएका छन्।

तपाईको प्रतिक्रिया