Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – लोक तथा दोहोरी गायिका सुनितामी परियारको स्वरमा नयाँ गीत ‘सुनीमायालाई…’ सार्वजनिक भएको छ । पञ्चेबाजामा आधारित गीत सुनितामी युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

शिव हमालको शब्द रहेको गीतमा गायिका परियारलाई ईश्वर सिंहको स्वरमा साथ दिएका छन् । ईश्वर सिंहको संगीत रहेको गीतको म्युजिक भिडिओको निर्देशन विनोद भण्डारीले गरेका छन् । भिडिओमा विनोद भण्डारी, सुनितामी परियारसँगै मोडेल रेजिना सुनार र सन्तोष शर्माको अभिनय देख्न सकिन्छ ।

परियारले यसअघि सार्वजनिक गरेका धेरै गीतहरू चर्चामा छन् । यो नयाँ गीतलाई पनि दर्शक/श्रोताहरूले मन पराउनेमा आशावादी रहेको गायिका परियार बताउँछिन् । पञ्चेबाजाको गीतमा पर्यटकीय तथा धार्मिक स्थलले परिचित अर्घाखाँचीको सुपादेउराली मन्दिरलगायतका रमणीय स्थलको दृश्यहरू गीतमा समावेश गरिएको छ ।

तपाईको प्रतिक्रिया