बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – चलचित्र ‘माइतीघर’ का अभिनेता सीपी लोहनीको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा निधन भएको चलचित्र कलाकार संघले जनाएको छ । अल्जाइमर रोगबाट पीडित उनको काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो ।

कलाकार संघले उनको १.३० बजे निधन भएको जनाएको छ । निजी क्षेत्रले निर्माण गरेको पहिलो फिल्म ‘माइतीघर’ मा उनले शीर्ष भूमिका निभाएका थिए । साथै, उनले सो चलचित्रको गीतमा समेत स्वर दिएका थिए ।

लोहनीले रेडियो नेपालमा केही गीत समेत रेकर्ड गराएका थिए । उनको आजै पशुपति आर्यघाटमा दाह संस्कार गरिने मोहन निरौलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया