Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

Suraj okटोकियो – जापानमा रहेका ठकुरीहरुको संस्था दर्शन समाज जापानको प्रथम अधिवेशनले सुरज मल्लको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ ।

सोमबार टोकियोमा भएको अधिवेशनले नागोयाबासी ब्यवसायी मल्लको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमितिको गठन गरेको हो । समाजको वरिष्ठ उपाध्यक्षमा भरत मल्ल र उपाध्यक्षमा प्रदिप सेन ठकुरी चयन हुनुभएको छ भने सचिवमा सुनिल हमाल, सहसचिवमा निरञ्जन हमाल, कोषाध्यक्षमा प्रेम मल्ल र सहकोषाध्यक्षमा सिर्जना हमाल चुनिनुभएको छ । नयाँ कार्यसमितिका अन्य सदस्यहरुमा बिशाल मल्ल, सुरेश मल्ल, राजुबम मल्ल, सिमा हमाल, रामबम मल्ल, खेम मल्ल, अर्जुन हमाल, आशा मल्ल, राहुल शाही, रोहितविक्रम शाही, सुरेन्द्र शाही, राधेश्याम शाही, भुवन सिंह, उज्वल सिंह ठकुरी, रविन्द्रविक्रम शाही ठकुरी, आशिष मल्ल, सन्दिपभूपाल सिंह र मनोज मल्ल चयन हुनुभएको छ ।

यसैगरी समाजको सल्लाहकारहरुमा तिलक मल्ल, पदम मल्ल, रामकृष्णबम मल्ल, पवनवर्षा शाह, जनकबिक्रम शाही र युको ओकामोतो मल्ल चुनिनु भएको छ ।

’हाम्रो भाषा, हाम्रो सँस्कृति, हाम्रो पहिचान र हाम्रो सभ्यता, ठकुरी एकता हाम्रो प्रतिबद्धता’ भन्ने मुल नाराका साथ सम्पन्न भएको अधिवेशनले समाजको हालसम्मको कार्यप्रगति प्रतिबेदन, आर्थिक प्रतिबेदन र प्रस्तावित बिधान पारित गरेको छ । 14नवनिर्वाचित अध्यक्ष सुरज मल्लको सभापतित्वमा भएको सो अधिवेशनमा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य पवनबर्षा शाहले दर्शन समाज जापानले ठकुरी सँस्कार र पहिचानको गरिमा बढाउन महत्वर्ण भूमिका खेल्न सक्नुपर्ने बताउनुभयो । उहाँले जापानको नेपाली समुदायमा असल सम्बन्धको बिकास गर्दै दर्शन समाज जापानले साम्प्रदायिकताको साँघुरो घेराबाट माठि उठेर आम नेपालीका सरोकारका बिषयमा समेत जिम्मेवार ढंगले हातेमालो गर्न सक्नुपर्ने धारणा ब्यक्त गर्नुभयो । अधिवेशन समारोहमा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, समाजका सल्लाहकार पदम मल्ल, बाँके-बर्दिया मैत्री समाजका अध्यक्ष जनकविक्रम शाही, पत्रकार समेत रहेका सुदूरपश्चिमेली समाज जापानका अध्यक्ष पूर्ण चलाउने, मोना जापानका अध्यक्ष महेन्द्र बानियाँ, निलुवा समाज जापानका अध्यक्ष भोजेन्द्र सुबेदी लगायतले नवगठित कार्यसमितिलाई सफल कार्यकालका लागि शुभकामना ब्यक्त गरेका थिए । राष्ट्रियगानबाट सुरु भएको सो अधिवेशन समारोहमा नवगठित कार्यसमितिका उपाध्यक्ष प्रदिप सेन ठकुरीको स्वागत मन्तब्य रहेको थियो भने सिर्जन हमाल र सिमा हमालको सञ्चालन रहेको थियो । समारोहमा अनिता मल्लको नृत्य पनि रहेको थियो ।

अधिवेशन समारोह पूर्व भएको बन्द सत्रमा समाजको आर्थिक तथा कार्यप्रगति प्रतिबेदन र प्रस्तावित बिधानमाथि बृहत छलफल गरी पारित गर्नुका साथै सर्बसम्मत ढंगबाट नयाँ कार्यसमिति गठन गरेको हो । अधिवेशन समारोह मुल आयोजक समितिका संयोजक भरत मल्लको सभापतित्वमा भएको बन्दसत्रमा हालसम्मको मौजुदा तदर्थ समिति बिघटन गरिएपश्चात पदम मल्ल, तिलक मल्ल र रामकृष्णबम मल्ल रहेको तीन सदस्यीय अध्यक्ष मण्डलले नयाँ कार्यसमिति गठन प्रक्रिया अगाडि बढाएको थियो ।

शिनओकुबोस्थित टोकियो रोधी क्लवमा भएको सो अधिवेशनमा जापानभरि छरिएर रहेका ठकुरीहरुको उत्साहजनक उपस्थिति रहेको थियो । अधिवेशन समारोह पश्चात भएको मैत्रिपूर्ण रात्रिभोज र साँगीतिक माहौलमा सहभागीहरुले भरपुर मनोरञ्जन लिएका थिए ।***

 

 

तपाईको प्रतिक्रिया