Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले मोर्चा प्रचण्डको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने बताउनु भएको छ ।

‘केपी शर्मा ओली नेतृत्वको सरकार ढल्नैपर्ने थियो, हामी ओलीको विपक्षमा मत हाल्छौं, मधेसी मर्दा आँप झर्यो भन्ने सरकार ढल्दा सिँगो मधेस खुसी छ, रिपोर्टस क्लबमा भएको कार्यक्रममा उहाँले भन्नुभयो ‘म भर्खरै मधेसबाट आएको छु, सरकार ढलेकोमा मधेसीहरु खुसीयाली मनाइरहेका छन् ।’

laxmanlal-Karna

कांग्रेस–माओवादी केन्द्रको गठबन्धनमा बन्ने सरकारमा मधेसी मोर्चा सहभागी हुन्छ कि हुँदैन भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, ‘हामी राजनीतकर्मी हौं, हामी मठमन्दिरको पूजा गर्न आएका जोगी होइनौं, सन्यासी भएर बसिरहन हामीले राजनीति गरेकै होइन, हामी बाहिर बस्नुपर्छ भन्ने केही छैन, संविधानमा हाम्रो अधिकार सुनिश्चित भएको भोलिपल्टै हामी सरकारमा जान्छौं ।’

यद्धपी उहाँले कांग्रेस र माओवादीसँग अहिलेपनि मधेसी मोर्चाको पूर्ण विश्वास नभएको टिप्पणी गर्नुभयो । ‘उनीहरुले हामीसँग कुरा गरेकोले भोट दिन्छौं, अब काम गरेपछि साथ दिन्छौं, सरकारमा पनि जान्छौं’ कर्णले ओलीविरुद्धको अविश्वासको प्रस्तावमा कांग्रेस माओवादीलाई साथ दिने र नयाँ प्रधानमन्त्री बनाउन संसदमा भोट हाल्ने समेत बताउनु भयो ।

कर्णले मधेसी मोर्चा लगायत आदिवासी, जनजाति, दलितका खोसिएका अधिकारलाई पूर्नस्थापित नगरेसम्म सरकारमा सहभागी जनाउन नसकिने प्रष्ट पार्नुभयो । उहाँले ओलीको विरुद्धमा अविश्वासको प्रस्ताव पेश भइसकेकोले ओली अल्पमतको परेकाले नैतिकताको आधारले राजिनामा नदिनु संसदीय प्रक्रियाको बर्खिलाप भएको आरोप लगाउनु भयो ।

तपाईको प्रतिक्रिया