शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

ssकाठमाडौँ – स्पेनका फुटबल प्रशिक्षक भिसेन्ट डेल वस्कीले राजीनामा दिनुभएको छ । युरो कप फुटबलको नकआउट चरणबाटै बाहिरिएपछि प्रशिक्षक वस्कीले पदबाट राजीनामा दिनुभएको हो ।

डेल वक्सीले स्पेनिस रेडियोसँग कुराकानी गर्दै पेनको प्रशिक्षक भएर बस्ने कुनै मनशाय नभएको बताउनुभएको हो । डिफेन्डिङ च्याम्पियन स्पेन युरो कप फुटबलको अन्तिम १६ को खेलमा इटालीसँग २–० गोल अन्तरले पराजित हुँदै बाहिरिएको थियो ।

सन् २०१० मा स्पेनलाई विश्वकपको उपाधि दिलाएका ६५ वर्षीय डेल बस्की सन् २०१२ मा युरोकप फुटबलको उपाधि पनि जिताउनुभएको थियो । २०१४ को ब्राजिल विश्वकपको समूह चरणबाटै बाहिरिएपछि डेल वस्कीले राजीनामा दिएपनि उँहालाई पुन प्रशिक्षककै रूपमा बस्न मनाइएको थियो ।

वस्की सन् २००८ को युरोकप जितेपछि स्पेनको प्रशिक्षकमा नियुक्त हुनुभएको हो । –एजेन्सी

तपाईको प्रतिक्रिया