Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई हराएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले पराजित गरेको हो। यससँगै ५ खेलको सिरिज नेपालले ३–२ ले गुमाएको छ। बिहीबार भएको खेलमा नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज ‘ए’ले उपाधि जित्ने पक्का भएको थियो।

वेस्ट इन्डिज ‘ए’ ले दिएको १७६ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि अनिल साह र आसिफ शेखले अर्धशतकीय पारी खेले। अनिलले ४५ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५८ रनको योगदान गरे। आसिफले भने ३५ बलमा २ चौका र ५ छक्का प्रहार गरे। कुशल भूर्तेल १३ रनमा आउट भए।

कुशल मल्ल ३७ रनमा अविजित रहँदा दीपेन्द्रसिंह ऐरीले ५ रन जोडे ।वेस्ट इन्डिज ‘ए’ का लागि ओबेद म्याककोइले ३ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि एलिक एथेनाजे ४२ रनमा अविजित रहँदा कप्तान रोस्टन चेसले ३३ रन जोडे ।नेपालका लागि सागर ढकाल तथा सोमपाल कामीले ३–३ तथा अविनाश बोहराले १ विकेट लिए ।

विश्वकपको तयारीस्वरुप नेपालले वेस्ट इन्डिज ‘ए’सँग सिरिज खेलेको हो । विश्वकपका लागि नेपाली टोली आजै राती नै वेष्ट इण्डिजतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । त्यहाँ केही अभ्यास गरेर नेपाली टोली अमेरिका जानेछ । विश्वकपमा नेपालले आफ्नो पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालको समूह ‘डी’मा नेदरल्यान्ड्स,दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।

 

तपाईको प्रतिक्रिया