Deneme Bonusu Veren Siteler
सोमबार, माघ २१, २०८१
Monday, February 3, 2025

poturalकाठमाडौँ – पोर्चुगल युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्समा जारी प्रतियोगिता अन्तर्गत बिहिबार राति भएको पहिलो क्वार्टरफाइनल खेलमा पोल्यान्डलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै पोर्चुगलले अन्तिम चारमा ठाउँ पक्का गरेको हो ।

खेलको दोस्रो मिनेटमै पोल्यान्डका रोर्बट लेवान्डोस्कीले गोल गर्दै टोलीलाई शुरुआती अग्रता दिलाएपनि ३३ औं मिनेटमा पोर्चुगलका रेनाटो सान्चेसले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि निर्धारित समयमा दुवै टोलीका तर्फबाट कुनै गोल भएन र खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको ३० मिनेटभित्र पनि दुवै टोलीका तर्फबाट कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको थियो ।

पेनाल्टी सुटआउटमा भने पोर्चुगलले ५–३ ले पोल्यान्डलाई पराजित गर्दै सेमिफाइनल यात्रा सुनिश्चित गरेको हो । सेमिफाइनलमा पोर्चुगलले बेल्जियम र वेल्समध्येको विजेतासँग खेल्ने छ । यी दुई टोलीबीचको खेल आज राति हुँदैछ । पोर्चुगल युरोकपको सेमिफाइनलमा पुगेको यो चौथो पटक हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया