Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025

काठमाडौं – धेरै पटकको छलफल र बहसपछि अन्ततः नेकपा माओवादी केन्द्रले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई पार्टीको जिम्मेवारी दिएको छ । सोमबार बसेको पदाधिकारी (कार्यालय) बैठकले उनको रुची अनुसारकै उत्पादन क्षेत्रको जिम्मेवारी दिने निर्णय गरेको एक नेताले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यद्यपि, उनको पार्टीमा कुन तहको जिम्मेवारीबारे भने अझै निर्णय भइसकेको छैन । उनी उपाध्यक्षकै हैसियतमा बैठकमा सहभागी भइरहेका छन् । माओवादी नेताहरु भने उनलाइ आमन्त्रित रुपमा सहभागी गराइएको दाबी गर्छन् ।

‘पासाङजीलाई उत्पादन हेर्ने क्षेत्रको जिम्मेवारी दिइएको छ,’ ती नेताले भने, ‘पार्टीमा पनि पदाधिकारी लेभलको जिम्मा दिने भनिएपनि स्टाटस प्रष्ट भइसकेको छैन ।’ पार्टी अध्यक्ष प्रचण्डले उनलाई उपाध्यक्ष दिने वचन दिईसकेका छन् । उपराष्ट्रपतिबाट हटेको २२ महिना र पार्टी राजनीति छोडेको नौं वर्षपछि पुन पार्टीको जिम्मेवारीमा फर्किएका छन् ।

२०७२ कार्तिक १३ गते पहिलो पटक उपराष्ट्रपति भएका उनी दोस्रो कार्यकालका लागि पनि दोहोरिएका थिए । पासाङ २०७९ चैत ६ गते उपराष्ट्रपतिको भूमिकाबाट बाहिरिएपछि केही समय निस्क्रिय जस्तै बसेका थिए । २०२२ कात्तिक ७ गते राङ्सी-९, रोल्पामा जन्मिएका उनी हाल ६० वर्षका भए ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया