Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा चितवन जिल्ला अदालतमा आज मुद्दा दर्ता हुने भएको छ। सरकारी वकिल कार्यालयले सहकारीको रकम हिनामिना गरेको आरोपमा लामिछानेसहित १४ व्यक्ति र ६ वटा संस्थाविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरिरहेको छ।

सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँल चितवनमै रहेका कारण मुद्दा दर्ता प्रक्रियामा केही ढिलाइ हुने अनुमान गरिएको छ। यसअघि तथ्यांक नपुगेको भन्दै चितवन जिल्ला सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन प्रहरीलाई फिर्ता पठाएको थियो। प्रहरीले पुनः प्रक्रिया पूरा गरी एक साताअघि मात्र फाइल बुझाएको थियो। प्रहरीको अनुसन्धान प्रतिवेदन र प्रमाणहरूका आधारमा रवि लामिछानेसहितका व्यक्तिहरुविरुद्ध ठगी तथा संगठित अपराधको कसुरमा मुद्दा दर्ता गर्न लागिएको सरकारी वकिल कार्यालयका एक कर्मचारीले जानकारी दिए।

यसअघि विभिन्न सहकारी ठगी प्रकरणमा धरौटी बुझाएर छुटेका लामिछानेलाई अब चितवन झिकाइनेछ। प्रहरीको अनुसन्धानअनुसार सहकारीको ३८ करोड ९ लाख ७९ हजार रुपैयाँ हिनामिना भएको देखिएको छ। सहकारीमार्फत विभिन्न कम्पनीमा गएको रकमसमेत जोड्दा कूल ५६ करोड २२ लाख ५० हजार रुपैयाँ बिगो कायम हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

यसअघि, सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड रुपैयाँ धरौटी बुझाएर लामिछाने छुटेका थिए।

 

 

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया