Deneme Bonusu Veren Siteler
सोमबार, माघ २८, २०८१
Monday, February 10, 2025

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् । काठमाडौंमा आयोजित युवासँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको इतिहास गौरवपूर्ण रहेको र अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनले केही समय नेपाल पछाडि परेको भए पनि अब प्रविधिको प्रयोग र विकासबाट नेपाल अरु मुलुक भन्दा अगाडि जानसक्ने बताए । उनले नेपालमा सबैखाले विकास गर्नका लागि प्रविधिको पहुँच रहेको र नेपाली युवाहरुले देश विकासका लागि प्रविधिको माध्यमबाट धेरै कुराहरु गर्नसक्ने बताए । उनले आत्मविश्वासका साथ काम गर्दा सफलता पाइने भन्दै विद्यार्थीलाई पनि आत्मविश्वास राखेर देश बनाउन सकिन्छ भन्ने भावका साथ अध्ययन गर्न आग्रह गरे ।

अहिलेको सरकारको ध्यान तिब्र विकासको काममा रहेको उल्लेख गरे । अहिलेको सरकारको ध्यान तीब्र विकास, आजका बालबालिकाहरुलाई ठिक ढंगले हुर्काउने, उनीहरुलाई आजको आधुनिक शिक्षा, वैज्ञानिक शिक्षासँग दक्ष बनाउने भन्नेमा केन्द्रित रहेको बताए ।

‘हामी पछाडि पर्नुपर्ने कुनै पनि कारण छैन । हामीले आत्मविश्वास राख्नु पर्दछ । अब हामी पछाडि पर्नु हुँदैन । म देशको प्रधानमन्त्रीको हैसियतले नानीबाबुहरुलाई भन्न चाहन्छु, मेरो ध्यान, मैले नेतृत्व गरेको सरकारको ध्यान सम्पूर्ण रुपमा आज विकास गर्ने, आज तीब्र विकास गर्ने, आजका बालबालिकाहरुलाई ठिक ढंगले हुर्काउने, उनीहरुलाई आजको आधुनिक शिक्षा, वैज्ञानिक शिक्षासँग दक्ष बनाउने, ग्लवोल्ली उनीहरुको प्रतिष्पर्धात्मक क्षमता वृद्धि गर्ने र हामी अगाडि छौँ, हामीसँग हाम्रा महान पुर्खाको जेनेटिक मेमोरी छ,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले बालबालिकाहरुले हामी गर्नसक्छौँ र अरु भन्दा अगाडि जानसक्छौं भन्ने सोचेर अध्ययन गर्न जरुरी रहेको बताए । उनले सुस्वस्थ र निरोगी नेपाल बनाउने कुरामा सरकारको ध्यान रहेको बताए । विद्यार्थीलाई गलत संगतमा नपर्ने आग्रह गरे । अन्तक्रियाका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो सानो नातिको उदाहरण दिँदै भाषा कस्तो बनाउने भन्नेबारे राम्रो ज्ञान हुनुपर्ने जिकिर गरे ।

तपाईको प्रतिक्रिया