Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ०२, २०८१
Friday, February 14, 2025

टोकियो – एभरेष्ट इन्टरनेशनल स्कुल जापानका विद्यार्थीहरुले आफैले बनाएको ड्रोन उडाएका छन् । उनीहरुले आज बसन्त पञ्चमीका अवसरमा आयोजित सरास्वती पूजा तथा अक्षराम्भ समारोहमा राखिएको प्रदर्शनी कक्षमा ड्रोन उडाउनुका साथै रोबोट चलाएर देखाएका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

विद्यालयकै सभाहलमा एक समारोहकाबीच विद्याकी खानी सरास्वतीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने आगामी शैक्षिक सत्रदेखि पढाई सुरु गर्ने गरी भर्ना भएका नर्सरी तहका स-साना नानीबाबुहरुलाई अक्षराम्भ पनि गराईएको थियो ।

सोही अवसरमा विभिन्न तहका विद्यार्थीहरुद्वारा नीर्मित विभिन्न विषयमा आधारित प्रयोगात्मक कला तथा प्रतिभाका नमूनाहरु प्रदर्शन गरिएको थियो । जसअनुसार विद्यार्थीहरु कसैले आफैले बनाएका ड्रोन उडाएर देखाएका थिए भने कसैले आफैद्वारा नीर्मित बुलडोजर चलाएर देखाएका थिए । यसैगरी उनीहरुले बनाएका रोबोट, कोठा सफा गर्ने भ्याकुम क्लिनर, भेण्डिङ मेशिनजस्ता औजारहरु चलाएर देखाएका थिए । यसबाहेक उनीहरुका जलवायु परिवर्तन, सौर्यमण्डल, ज्वालामुखी, आकाशे पानी पर्नका लागि इकोसिष्टमको नियम, कागतीमा भएको भिटामिनबाट विजुली जस्ता विज्ञान, खगोल शाष्त्र, ऊर्जा, मौसमी ज्ञानसंग सम्बन्धित प्रयोगात्मक कला प्रदर्शनीमा राखिएका थिए ।

यसैगरी प्रदर्शनी कक्षमा विद्यार्थीहरुले हस्तकला, चित्रकलाका साथै नेपालका विभिन्न जातजातिका वेभषभूषा, गरगहना, लोकबाजा, अंग्रेजी, नेपाली, गणित विषयसंग सम्बन्धित जानकारीमुलक सामग्री तथा कम्प्युटर सिष्टमले कसरी काम गर्छ भन्ने विषयमा कुशलतापूर्वक जानकारी प्रस्तुत गरेका थिए ।

सरास्वती पूजा तथा अक्षराम्भ समारोहमा अभिभावकहरुका साथै एभरेष्ट इन्टरनेशनल स्कुल जापानका सञ्चालक समितिका पूर्व अध्यक्ष डा. भूपालमान श्रेष्ठ सहित तिलक मल्ल, भूषण घिमिरे, हवलचन्द्र लामा, कमलचन्द्र आचार्य, ओम गुरुङ लगायतका पदाधिकारी तथा सल्लाहकारहरुको विशेष उपस्थिति थियो । उनीहरुले प्रदर्शनी कक्षमा राखिएका विद्यार्थीहरुका सबैखाले कलात्मक प्रतिभाको बडो अभिरुचीपूर्वक अवलोकन गरेका थिए ।***
ड्रोन उडाएको भिडियो  
डोजर चलाएको भिडियो 

तपाईको प्रतिक्रिया