सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौं – उद्योगपति तथा समाजसेवी स्व ईश्वरलाल श्रेष्ठको व्यक्तित्वमा आधारित रहेर लेखिएको ‘स्मृतिमा ईश्वरलाल’ नामक पुस्तक आज सार्वजनिक गरिएको छ ।

१९८८ भदौ २ गते जन्मिनु भई २०७१ कात्तिक १४ मा मृत्यु हुनुभएका श्रेष्ठले आफ्नो जीवनकालमा साल्ट ट्रेडिङ कर्पाेरेसन, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासङ्घको उन्नयनमा महत्वपूर्ण योगदान दिनुभएको थियो ।

ईश्वरलाल स्मृति प्रतिष्ठानद्वारा यहाँ आयोजित कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंह र साल्ट ट्रेडिङ कर्पाेरेसनका अध्यक्ष लक्ष्मीदास मानन्धरले सो पुस्तकको सार्वजनिक गर्नुभएको हो ।

पुस्तकभित्र समाजसेवी श्रेष्ठको व्यक्तित्वबारे उहाँका समकालीन दौतरी तथा परिवारका सदस्यले विविध लेखमा कलम चलाउनुभएको छ ।

तपाईको प्रतिक्रिया