सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

गोमा परियार

बिराटलाई मैले बिस्तारै, बिस्तारै मन पराउन थालीसकेकी थिएँ । बिराट र म एउटै कलेज मा पढ्थ्यौ । आज भन्दा ४ बर्ष अघि फेब्रुअरी १४ अर्थात प्रेम दिवसको दिनमा हामी कलेजका साथीहरु पुजा , नेहा , दीपक , प्रतीक , रेखा , बिराट अनि म काठमाडौं चोभारमा घुम्न गयौं ।

बिराटको हातमा रातो गुलाब थियो । मलाई गुलाब निकै मन पर्ने । ‘आहा कस्तो राम्रो गुलाब, बिराट’ मैले भने । बिराटले ‘मन पर्छ तिमीलाई लौ न त राख’ भनेर दियो । मैले पनि लिएँ । अनि साथीहरुले जिस्काए त्यतिकैमा । भन्न थाले ‘बिराटले आज भ्यालेन्टाईन डे मा अन्जनालाई गुलाब दियो यिनिहरुको लभ पर्यो अब ।’

होइन त्यस्तो राम्रो लागेर पो लगेको । त्यत्तिकै यो बिराटेसँग लभ पर्छ खुब मेरो । यस्तै , यस्तै भनेर त्यो कुरा टुङग्याएँ मैले । भोलीको दिन कलेज गए नेहाले जिस्काउन थाली । फेरि नेहाले मात्रै होइन सबै साथीहरुले बिराटसंग मेरो नाम जोडेर जिस्काउन थाले ।
साच्चिकै बिराटलाई त्यसरी सोचेको थिईनँ मैले सायद उस्ले पनि । तर, दिन दिनै साथीले जिस्काएर सताउन थालेपछि कता–कता मलाई पनि उस्को याद आउने भयो । जिस्काउँदा पहिला रिसाउने अब भने म हाँस्न, लजाउन थाले । धेरै जिस्काएर होकि सोच्न थालेँ , अनि बिराटको कुरा गरिरहन मन लाग्ने । सायद मन पराउन थालेँ मैले बिराटलाई धेरै माया गर्न थालेँ ।

बिराटलाई मन पराउन थालिसकेकी थिएँ तर भन्न सकेकी थिइन । पहिला हामी झगडा गर्ने , जिस्किने साथी । तर, म अब भने उ छेउ प¥योकी बोल्नै सक्दिनँ थिएँ । बोलिनै बन्द हुन्थ्यो । मेरो धड्कन तेज बन्थ्यो । यस्तोे लाग्थ्यो बाहिरै आवाज आएको छ । पछि प्रतीक मार्फत थाहा पाएँ, मैले बिराटलाई पनि यस्तै भएको छ । उस्ले पनि माया गर्छ मलाई । बिराटले प्रेम प्रस्ताब राख्यो । मलाई संसारको सबै खुसी पाएँ जस्तै भयो ।
बिराट र मेरो माया निकै गहिरो बनिसकेको थियो । एक अर्का बिना बाँच्नै नसक्ने बनिसकेका थियौ हामी । संगैै मर्ने संगै बाँच्ने कसम खाइसकेका थियौँ । हामीले घरमा कुरा गरेर मायालाई सबैको आशिर्वाद र सम्मानका साथ बिहेमा बदल्ने योजना बनाएका थियौँ । हाम्रो पढाइपनि धेरै राम्रो थियो । बिबिएस सकेर विराटले ‘जब’ गर्न थाल्यो र मैले पनि ।
अचानक २०७१ साल माघ महिनाको १६ गते म बेस्सरी बिरामी भएँ । नजिकैको अस्पतालमा चेकअप गर्न गएँ । रिपोर्टमा एचआईभी एड्स देखायो । मलाई दिउसै अँध्यारो भयो । टेकेको जमिन भासिन थाल्यो । कराउदै रोएँ । मैले पत्तयाईन यो रिपोर्ट । बिराटले त्यहीँ अस्पतालमा छोडेर गयो मलाई । मैले गर्दै नगरेको पापको भागिदार बने ।
बिराटलाई फोन गरेँ । रिसिभ गरेन उस्ले । अझै मोबाईल नै अफ पो गर्यो । रात भरी धेरै सोचेँ र सम्झिएँ तर, अहँ मैले त्यस्तो कुनै गल्ती गरेको थिएनँ जस्ले मलाइ एचआईभीएड्स लागोस् ।

घरमा पनि पत्तयाउन सक्नु भएन बाबा र आमाले । घरकी एक्लि छोरी म । मेरो यस्तो रिपोर्टले बाबा र आमा जिउँदै मरे जस्तै बन्नु भयो ।

मलाई कसरी एड्स लाग्यो यहि सोचमा आशुमा डुबेर रात बित्यो । तर, एक पटक फोन आएन बिराटको पलपलमा आउने फोन ।

भोली बिहानै बिराटलाई फोन गरे रिसिभ भएन । म उस्को घरमा गएँ भेट्न । बिराटले एक्दमै रुखो बोलिमा धेरै घिन लाग्दो आरोप लगायो । मायाको नाटक मसँग गरेर अरुसँग अनैतिक सम्बन्ध राख्ने तिमी के हो, के यस्तै, यस्तै नानाथरीका घृणित शब्दहरु पेख्यो मलाई ।

मैले रुँदै, कराउँदै धेरै भने होइन भनेर तर बिस्वास गरेन बिराट ले मलाई अब देखि कहिले फोन नगर अनि नभेट यस्तै भनेर गयो बिराट ।

जस्लाई मैले आफुलाई भन्दा बढी माया र बिस्वास गरेको थिएँ, उसैले मलाई साथ नदिएपछि फोन नगर न भेट भन्यो । मन त्यति दुख्यो म जति त्यो रिपोर्ट ले दुखाएको थिएन ।

बिराट मेरो आशा,भरोसा र हिम्मत थियो त्यसलेनै मेरा सबै आशा र हिम्मत टुटाएपछी बाँच्नै मन लागेन मलाई । घर समाज साथी संगै अबत बिराटको घृणा र आरोप असह्य भयो मलाइ ।

यसरी बाँच्नु भन्दा त मर्छु यहि निधो गरे मैले र जहर खाए आमाले थाहा पाउनुभएछ र अस्पताल लग्नुभयो । चेकजाचका क्रमको मेरो रिपोर्ट त सकारात्मक देखीएछ । त्यो रिपोर्ट मा मलाई एचआईभि एड्स थिएन ।
आमा र बाबा धेरै खुशी हुनु भयो । म होसमा आउदा थाहा पाए मैलेपनि तर खुशी भैन म सबै खुशी टाढिएकाले हो कि सायद । २०७१ माघ १६ गते जुन दिन म बिरामी भएर अस्पताल गएको थिए त्यो दिनमा मेरो नाम , थर र उमेर पनि मिलेको अर्कै संग रिपोर्ट फेरिएको रहेछ थाहा भयो हामीलाई ।
डिस्चार्ज पछि घर गए म यो कुरा बिराट लाई थाहा भएछ उ मलाई भेट्न आयो । मेरोे कोठामै गएर एकोहोरो बोलिरह्यो धेरै माफ माग्यो धेरै वोल्न थाल्यो बिराट । तर मलाई उस्को कुनै कुरामा रत्तिभर पनि बिस्वास लागेन सबै बनावटी लाग्यो । अनि म अब बिराट लाई पहिलेको जस्तो माया गर्नै सक्दिन अह सक्दिन । उस्का ति काडा जस्तै बिझाउने शब्दहरु मेरो मानस पटलमा ताजै थिए , गुन्जिरहन्थे ।
बिराटले मलाइ बअ माया गर्छ मैले यो कुरा मान्नै छोडीसकेकी थिए । नछोडुपनि कसरी मेरो मन बाट अब माया र बिस्वास भन्ने शब्द नै हटिसक्यो धेरै पर गैसक्यो । हिजो मलाई बिस्वास नगरेको बिराट मैले गर्दै नगरेको गल्तिको सजाए र घिन लाग्दो आरोप लगाएको बिराट आज मर्छु भन्छ म बिना । तर मैले अब विराट लाई माफ गर्दिन र स्वीकारदिन पनि मैले ठिक गरे या गलत मलाई थाहा छैन तर म खुशी छु मेरो निर्णयमा । म बिराटलाई अब स्विकार्न सक्दिन अह सक्दिन ।

तपाईको प्रतिक्रिया