आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

हालसम्म नेपाल पठाएको कुल रकम १८ करोड २० लाख येन

टोकियो- टोकियोस्थित नेपाली राजदूतावासले भूकम्प पीडित राहत कोषमा संकलन भएको ११ करोड ५० लाख जापानी येन आज प्रधानमन्त्री राहत कोषमा पठाएको जनाएको छ ।
दूतावासले आजका मितिसम्म १८ करोड २० लाख ३९ हजार ८१ येन प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी नेपाल पठाईएको जनाएको छ । दूतावासले हालसम्म सबैभन्दा ठूलो सहयोग राशी प्रदान गर्ने इ वन कम्पनीलाई विशेष धन्यवाद दिएको छ ।

दूतावासले विज्ञप्तीमार्फत व्यक्तिगत र संस्थागतरुपमा कोषमा रकम जम्मा गर्नेहरु सबैलाई धन्यवाद दिएको छ । राहत कोषमा साकाई-सी ओसाका, कुर एण्ड होटल, माकिनोहरी, इन्टरनेशनल एसोसिएसन, बीएसपी कम्पनी लिमिटेड, सागामिहारा कर्पोरेसन, ग्लोबल इलोक्ट्रोनिक्स, मुनेहितो इटो, यासुशी योसिदा लगायतबाट सहयोग प्राप्त भएको बताईएको छ ।

दूतावासले राहत कोषमा रकम जम्मा गर्ने नमस्ते नेपाल सिजुओका, नरेश महर्जन, एभरेस्ट इन्टरनेशनल स्कुल जापान, प्रवासी नेपाली मञ्च जापान, वामी सेवा समिति जापान, कुर्घा सेवा समिति जापान, लेखनाथ गैरे र दिल पंगेनीलगायतलाई पनि धन्यवाद दिएको छ ।

विज्ञप्तीमा आगामी दिनमा पनि भूकम्प पीडित राहत कोषमा सहयोग प्राप्त हुने क्रम जारी रहने विश्वास लिइएको छ ।***

तपाईको प्रतिक्रिया