सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

दुबई– नेपालमा आएको बिनासकारी महाभूकम्पले नेपालमा धेरै धन र जनको नुक्शान पुर्‍याएको छ भने नेपालको दैनिक जीवन नै ध्वष्ट पारिदिएको छ । यस दैवी प्रकोपले नेपाली जनताहरुमाथि कहिल्यै बिर्सन नसक्ने पीडा र दुःखहरु छोडेर गएको छ । तर, दैवी प्रकोपले यस्ता खालका यातनाहरु दिएको भएता पनि नेपालीहरु विश्वको कुनै ठाउंमा रहेता पनि हरतर्फबाट एकजुट भई हरप्रकारका सक्दो सहयोगमा जुटेका छन् ।

गएको १५ मे शुक्रबारका दिन दुबईको सिन्ध पंजाब रेष्टुरेण्टमा एउटा राहत हस्तान्तरण कार्यक्रमको आयोजना गरेर पर्वत सेवा समाज युएईले भूकम्पबाट पीडित गोरखा, धादिङ, सिन्धुपाल्चोक र पर्वत ४ जिल्लालाई लक्ष्ये गरेर राहतको रुपमा युएईमा क्रियाशिल रहेको सम्बन्धित जिल्लास्तरीय समाजलाई भूकम्प पीडित राहत आर्थिक सहयोग हस्तान्तरण तथा सम्पूर्ण मृतकहरुको सम्झनामा एक मिनेटको मौन धारण गरेर श्रद्धाञ्जली गरेको छ ।

उक्त राहत हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथिमा पर्वत सेवा समाज युएईका संरक्षक मणि भुर्तेल रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता पर्वत सेवा समाज युएईका कार्यवाहक अध्यक्ष पर्शुराम पौडेलले गर्नुभएको थियो । त्यसैगरी बिशेष अतिथिमा संरक्षक खिमानन्द भुर्तेल र अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, समाजसेवी, व्यावसायी र पत्रकारहरु उपस्थित रहेको कार्यक्रममा सचिव कमल लामिछानेको शुभकामना मन्तव्य र महासचिव सरोज जिसीको संचालन रहेको थियो ।

सबैभन्दा क्षति पुगेको जिल्लामध्ये गोरखा जिल्लालाई भनेर युएईस्थित सञ्चालनमा रहेको गोरखा सेवा समाज युएईका अध्यक्ष दिनेश पाण्डेलाई रु ५० हजार, धादिङ सेवा समाज युएईका अध्यक्ष भिम अधिकारीलाई रु ५० हजार र सिन्धुपाल्चोक सेवा समाज युएईका अध्यक्ष विदुर न्यौपानेलाई नगद ५० हजार नेपाली रुपैयां हस्तान्तरण गरेको छ ।

सो रकम प्रमुख अतिथि तथा पर्वत सेवा समाज युएईका संरक्षक मणि भुर्तेल, बिशेष अतिथि संरक्षक खेमानन्द भुर्तेल र कार्यवाहक अध्यक्ष पर्शुराम पौडेलले संयुक्त रुपमा हस्तान्तरण गरेको हो । त्यसैगरी पर्वत जिल्लाका लागि ९ लाख ३४ हजार २ सय रुपैयां पठाउने कार्यवाहक अध्यक्ष पर्शुराम पौडेलले जानकारी दिनु भएको छ ।
नेपाल र नेपालीलाई परेको दुःखमा विश्व नै सहयोगका लागि लागिपरेका छन् । कुनै देश होस् या कुनै पनि व्यक्तिले गरेको सहयोग यो एउटा ज्वलन्त उदाहरण हो ।

पर्वत सेवा समाज युएईले महाभूकम्पमा परेका पीडितहरुका लागि जम्मा १० लाख ३४ हजार २ सय नेपाली रुपैयाँ सहयोग गरेका छन् । यस राहत संकलन कार्यमा सबैले आ–आफ्नो सहभागिता तथा सहयोग गरेको भन्दै पर्वत सेवा समाज युएईले सहयोगीहरुलाई बिशेष धन्यवाद समेत दिएको छ ।

तपाईको प्रतिक्रिया