Deneme Bonusu Veren Siteler
आइतबार, पौष १४, २०८१
Sunday, December 29, 2024

काठमाडौं – भूकम्प गएको १७ औं दिन सबैभन्दा बढी करिब ४० करोड रुपैयाँ रकम प्रधानमन्त्री दैवीप्रकोप उध्दार कोषमा जम्मा भएको छ । यससँगै कोषमा बल्ल सवा अर्ब रुपैयाँ रकम जम्मा हुन पुगेको हो ।

सोमबारसम्म १ अर्ब ३६ करोड ७५ लाख २३ हजार रुपैयाँ जम्मा भएको छ । सोमबार चेकमात्रै प्राप्त भएको आधारमा भने झण्डै पौने दुई अर्ब रुपैयाँ पुगेको छ ।

प्रधानमन्त्री कार्यालयले विज्ञप्तिमार्फत जनाएअनुसार एसियाली विकास बैंकको करिब ३० करोड, सूर्य नेपालको १० करोड, एभरेस्ट बैंकको ५० लाख र सिल्भर हेरिटेडको २२ लाख रुपैयाँको चेक प्राप्त भएको छ  । यी निकायको रकम जम्मा  हुन भने बाँकी रहेको विज्ञप्तिमा जनाईएको  छ। ****

तपाईको प्रतिक्रिया