Deneme Bonusu Veren Siteler
आइतबार, पौष १४, २०८१
Sunday, December 29, 2024

काठमाडौं– न्यून रकमको कोष खडा गरेको भन्दै आलोचना भएपछि सरकारले भूकम्प पीडितको राहत तथा पुनर्स्थापनाका लागि खडा गरेको दुई खर्ब रुपैयाँको कोष तीनवर्षे अवधिका लागि भएको स्पष्ट पारेको छ । अर्थमन्त्री डा. रामशरण महतले भूकम्पले क्षतिग्रस्त संरचना तीन वर्षमा पुनर्निर्माणका लागि मात्र कोष खडा गरिएको जानकारी दिनुभयो ।

व्यवस्थापिका संसद्अन्तर्गतको अर्थसमितिको बैठकमा सभासद्हरूले दुई खर्ब रुपैयाँको कोष कम हुने भन्दै २० खर्ब रुपैयाँको पुर्ननिर्माण कोष बनाउन सरकारलाई सुझाव दिएका थिए ।

बैठकमा बोल्ने अधिकांश सभासद्ले दुई खर्बको कोष बनाउँदा कम रकम आउने तथा २० खर्बको कोष बनाएर सोअनुसारको सहयोग माग्दा बढी रकम आउने भन्दै कोषको रकमको आकार बढाउनुपर्ने बताएका हुन् । यद्यपि अर्थ समितिको बैठकले कति रुपैयाँको कोष बनाउने भनेर निर्णय भने गर्न सकेन ।

सरकारले भूकम्पबाट क्षतिग्रस्त संरचना निर्माण तथा राहतका लागि दुई खर्ब रुपैयाँको कोष निर्माण गर्ने र यसमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्ने बताएको छ । अर्थमन्त्री महतले सरकारले व्यावहारिक भएर दुई खर्ब रुपैयाँको कोष खडा गरेको बताउनुभयो ।

अर्थमन्त्री महतले राहत तथा पुनस्र्थापनाअन्तर्गत तीन वर्षसम्म भूकम्पले क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्ने र त्यसपछि अर्को चरणको प्रक्रियामा विकास निर्माणको काम हुने बताउनुभयो । अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको बजेट भूकम्प प्रभावितको राहत तथा पुनर्स्थापनामा केन्द्रित हुने जानकारी दिनुभयो ।

भूकम्पको क्षतीग्रस्त संरचना पुनर्निर्माणका लागि दुई महिनाभित्रमा नेपाललाई सहयोग गर्ने दातृ निकायको सम्मेलन गर्ने सरकारको योजना छ । ***

तपाईको प्रतिक्रिया