Deneme Bonusu Veren Siteler
आइतबार, पौष १४, २०८१
Sunday, December 29, 2024

टाकियो – नेपालमा हालै गएको विनाशकारी भूकम्पबाट प्रभावित तथा पीडितहरुको राहतका लागि जापानका नेपालीहरुले राहत संकलन कार्यलाई तिब्र पार्दै आईरहेका छन् ।

जसअनुसार बिभिन्न संघसंस्थाहरुले संकलित रकम दैनिकजसो राहत कोषमा हस्तान्तरण गर्ने क्रम जारी छ ।

जसअनुसार म्याग्देली सञ्जाल जापानले अइतवार थप १ लाख ३१ हजार येन राहत कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको छ । सञ्जालका अध्यक्ष महेन्द्र खड्कालगायतका पदाधिकारीहरुले एनआरएन आइसीसीका सदस्यसमेत रहनुभएका सहयोग समितिका सदस्य रोशन केसीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । १ लाख येन यसअघि नै हस्तान्तरण गरिसकेको समेत गरी म्याग्देली सञ्जालले जम्मा २ लाख ३१ हजार येन राहत कोषमा जम्मा गरेको हो ।
यसैगरी निशी फुनाबासी समुहले २ लाख येेन राहत कोषमा जम्मा हुने गरी सहयोग समितिलाई हस्तान्तरण गरेको छ । उक्त रकम एक समारोहका बीच सो समुहका अभियानकर्ता मधुकर थापा र कुमार पुरीले भूकम्प पीडित राहत तथा सहयोग समितिका सदस्य तथा एनआरएन जापानका उपाध्यक्ष नरबहादुर थापालाई हस्तान्तरण गर्नुभएको हो ।

यसैगरी शेर्पा संघ जापानले पनि १ लाख येन सहयोग समितिलाई हस्तान्तरण गरेको छ । संघका अध्यक्ष गेल्मु शेर्पालगायतका पदाधिकारीहरुले सहयोग समितिका आर्थिक संयोजक दिपक थापालाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । ****  Rahat Myagdeli
funabashi Sherpa


तपाईको प्रतिक्रिया