काठमाडौं – नेपाली सेनाले भूकम्पबाट प्रभावित जिल्लाहरुका नगरपालिका र गाविसहरुमा अधिकतम फौजहरु परिचालन गरी प्रभावकारी ढङ्गले निरन्तर कार्य सम्पादन गर्दै आइरहेको छ ।
भूकम्प गएको दिनदेखि आजसम्म प्राथमिकताका साथ उध्दार, राहत पुर्याउने तथा भग्नावशेष हटाउने कार्यलाई निरन्तररुपमा कार्य सम्पादन गर्दै आइरहेको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा उध्दार तथा राहत कार्यलाई समन्वयात्मक एवम् थप प्रभावकारी बनाउने सन्दर्भमा प्रधानसेनापति महारथी गौरव शम्शेर जबरासँग मित्रराष्ट्र भारतीय सेनाका उध्दारटोली कमान्डर मेजर जनरल जेएस सन्धु, अमेरिकी सेनाका सहायक रथी पल केनेडी, र बेलायतको फरवार्डका कमाण्डर जेसी बेसेलले जङ्गी अड्डा परिसरमा छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको जनाएको छ । ***