ललितपुर– आइतबार अपराह्न करिब साढे ३ बजे भक्तपुर र काभ्रेको सिमानामा केन्द्रबिन्दु भएर गएको ४.२ रेक्टरस्केलको भूकम्पको पराकम्पनबाट ललितपुरमा एक जनाको मृत्यु भएको छ ।
कार्यविनायक नगरपालिका–१५ इटाटी बस्ने वर्ष ७२ को शंखबहादुर नगरकोटीको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किसन सिंह थापाले बताउनुभयो ।
गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट चर्किएको घरभित्र खाटमा सुतिरहेको अवस्थामा पराकम्पन आएको थाहा पाएपछि दौडने क्रममा लडेर मृत्यु भएको प्रवक्ता थापाले बताउनुभयो ।
सो संख्यासहित ललितपुरमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या १७७ पुगेको छ ।